• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

सुनचाँदीको मूल्य घट्यो

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

जलबिरे झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो

  • २. भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

  • ३. डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की सुरक्षा सल्लाहकारमा

  • ४. सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

  • ५. स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिक पक्राउ

  • ६. अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना घाइते

  • ७. भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

  • ८. सल्यानको सामुदायिक वनको ओडारबाट पाँच नाल भरुवा बन्दुक बरामद

  • ९. आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

  • १०. भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार

काठमाडौँ महानगरले टेलिकमसँगको सहकार्यमा सीसीटिभी नेटवर्क बनाउने


  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    Advertisement

    यो सम्झौताबमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ । यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि सेवा उपलब्ध गराउनेछ ।

    सीसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ । महानगरपालिकाले सेवा विस्तार गर्न चाहेमा टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेछ ।

    सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरु महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पुर्‍याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यस अघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटिभी जोड्न सकिनेछ । यसरी प्रणालीबाट निगरानी कक्षमा प्राप्त दृश्यहरुको गोपनीयता महानगरपालिकाले कायम राख्नेछ ।

    काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो । यस बमोजिम महानगरपालिका, वडा कार्यालय र यसभित्रका सार्वजनिक स्थलहरुको दृश्य सीसीटिभी निगरानी कक्ष (सीसीटिभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) प्रयोग गरिनेछ ।

    आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता
    सुनचाँदीको मूल्य घट्यो
    प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
    एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ
    आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट
    सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    लोकप्रिय

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले

    • २.
      भोलिदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो

    • ३.
      डा. मनोज केसी नयाँ आईजीपी नियुक्त, कार्की

    • ४.
      सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन

    • ५.
      स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक

    • ६.
      अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा आठ जना

    भर्खरै

    • १.
      आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीको रिट दर्ता

    • २.
      सुनचाँदीको मूल्य घट्यो

    • ३.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    • ४.
      एनपीएलमा अनलाइन सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

    • ५.
      आईजीपी पदबाट हटाइएपछि दानबहादुर कार्कीले दिए सर्वोच्चमा रिट

    • ६.
      सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता हुँदै

    • ८.
      सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.