नारायणगढ जेसिजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधवार साँझ पुलचोकस्थित जेसिज भवनमा वर्ष २०२६ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री जयराम थापा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायणगढ जेसिज वर्ष २०२५ का अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष सन्तोष पण्डितलाई पद हास्तान्तरण गर्नुभयो । वर्ष २०२६ को अध्यक्षको पदभार ग्रहण गर्दै पण्डितले कार्यदक्षता र क्षमताले सम्भव भएसम्म आफ्नो कार्यकाललाई सफल बनाउने बताउनुभयो ।
उहाँले जेसिजको स्वर्ण जयन्तिको समयमा नै आफू अध्यक्षमा निर्वाचित भएको भन्दै यो कार्यकाल बिशेष रहने बताउनुभयो । वर्ष २०२६ लाई भव्य रुपमा सफल पार्ने पण्डितले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेसिजको मर्म र भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने पनि बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री थापाले जेसिजका गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । जेसिजले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । उहाँले जेसिजसँग सरकारले सहकार्य गर्न पर्ने धारणा राख्नुभयो ।
सरकारले नेतृत्व तहमा जेसिजका युवाहरुलाई अवसर दिन सके देश बिकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँकोको भनाइ थियो । उहाँले वर्ष २०२६ का अध्यक्ष पणितलाई सफल कार्यकालको शुभकामना दिँदै स्वर्ण महोत्सवको पनि भव्य सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बोल्दै वर्ष २०२५ का अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यक्रलमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सोही अवसरमा श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत वितरण गर्नुभयो ।
मंसिर १३, १४ र १५ गते सम्पन्न नारायणगढ जेसीजको ४८ औँ शाखा अधिवेशनबाट पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यकारी उपाध्यक्षमा प्रदिप पौडेल र संजिव पौडेल, उपाध्यक्षमा ई. अश्विन पौडेल , निसान हमाल , सुसिल सापकोटा र सुरज पण्डित यसैगरि निर्देशकमा विनय पोडेल, गणेश पाण्डेय, सौगात तिवारी र सविन पौडेल निर्वाचित भएका थिए ।
यसैबीच पदभार ग्रहणसँगै अध्यक्ष पण्डितले कार्यसमितिका विभिन्न पदमा मनोनित गर्नुभएको छ । जस अनुसार पण्डितले सह कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सह सचिवमा साजन अधिकारी, कोषाध्यक्षमा विपिन कडेल , महासचिवमा रामवावु पुडासैनी तथा कानुनी सल्लाहकारमा कपिल श्रेष्ठलाई मनोनित गर्नुभएको हो ।
