पोखरा । मनाङमा नेकपा एमाले र राप्रपाले काँग्रेसका उम्मेदवार पूर्वमन्त्री टेक बहादुर गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार पोल्देन छेपाङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।
२०७९ को निर्वाचनमा पनि काँग्रेसका गुरुङ विजयी भएका थिए । उनले एमालेका पोल्देन छेपाङलाई पराजित गरेका थिए । मनाङमा रास्वपाले समयमा पुग्न नसकेर मनोनयन दर्ता गर्न सकेको थिएन भने नेकपाबाट यशोदा सुवेदी गुरुङ उम्मेदवार बनेकी छन् ।
