नारायणगढ, चितवन — नेपाल जेसीज Area B र Area D अन्तर्गतका १३ वटा LOM का ६६ जना पदाधिकारीहरूको सहभागितामा बहु–शाखा संसदीय बैठक प्रणाली तालिम नारायणगढमा भव्य रूपमा सम्पन्न भएको छ। ९ घण्टासम्म निरन्तर सिकाइमा समर्पित सहभागीहरूको ऊर्जा, अनुशासन र सिक्ने तीव्र चाहनाले कार्यशालालाई अत्यन्तै सफल बनाएको आयोजकले जनाएको छ।
नारायणगढमा सम्पन्न उक्त कार्यशालामा देखिएको सक्रियता र प्रतिबद्धताले Junior Chamber International को मूल भावना “Developing Leaders for a Changing World” लाई यथार्थमा झल्काएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि स्वप्न पौडेल ले सिकाइमैत्री वातावरण सिर्जना गरेकोमा सम्पूर्ण नारायणगढ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै नेतृत्व र प्रतिबद्धता प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
मुख्य आयोजक नारायणगढ जेसीज का अध्यक्षले तालिमको सफलताप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, “यस सफलताको पछाडि अहोरात्र खटिनुहुने समर्पित साथीहरू — तालिम आयुक्त अभिनास खनाल, महासचिव राम बाबु पुडासैनी, कानुनी सल्लाहकार कपिल श्रेष्ठ, कोषाध्यक्ष बिपिन कंडेल तथा निर्वतमान अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै छिमेकी शाखाहरूको बेजोड साथ र हौसलाले हामीलाई अझ उत्साहित बनाएको छ।” उहाँले आगामी दिनमा सक्षम नेतृत्व र सशक्त संस्था निर्माण गर्ने यात्रालाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
तालिमका प्रशिक्षक सुनिल तिमिल्सिना ले सहभागीहरूको समन्वय, टिमवर्क र समर्पणको प्रशंसा गर्दै भन्नुभयो, “तपाईंहरूको समन्वय, टिमवर्क र समर्पणले यस कार्यशालालाई नेपाल जेसीजको संसदीय सभा प्रणाली तालिमको इतिहासमा एक कोशेढुङ्गा बनाएको अनुभूति गरेको छु। मैले सञ्चालन गरेका सबै तालिमहरूमध्ये यो सबैभन्दा व्यवस्थित, प्रेरणादायी र प्रभावकारी तालिमहरूमध्ये उत्कृष्ट थियो।”
कार्यक्रममा अध्यक्ष सल्लाहकार गोपाल भट्टराई, अनोज जोशी, अर्जुन अधिकारी तथा सदस्यता अभिवृद्धि समिति संयोजक विकासमान श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
उक्त तालिमको सह–आयोजकमा सौराह जेसीज, रत्ननगर जेसीज, राप्ती जेसीज, सौराह लेडी जेसीज, गीतानगर जेसीज, पर्साखैरहनी जेसीज, देवघाटधाम जेसीज, नवलपुर जेसीज, रजहर जेसीज, देवचुली जेसीज, गैडाकोट जेसीज र इच्छाकामना जेसीज रहेका थिए।
