• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • चितवन, जेठ — युवा उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा नेटवर्किङ विस्तार गर्ने उद्देश्यका साथ नारायणगढ जेसीजद्वारा आयोजित “नाफल ५.०” कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। सन् २०२२ देखि निरन्तर सञ्चालन हुँदै आएको ‘नाफल’ कार्यक्रमको पाँचौं संस्करण गैँडाकोटस्थित इला रिसोर्टमा दुई रात तीन दिनसम्म सञ्चालन गरिएको थियो।

    Advertisement

    देशका विभिन्न जिल्लाबाट आएका ५५ जना उत्साही सहभागीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको आयोजकले जनाएको छ। सहभागिहरूलाई आधुनिक व्यवसायिक वातावरणमा आवश्यक ज्ञान, सीप तथा सोच विकास गर्ने लक्ष्यका साथ कार्यक्रमको संरचना तयार गरिएको थियो।

    कार्यक्रमको उद्घाटन सत्र जेठ ८ गते सम्पन्न भएको थियो। उक्त अवसरमा अन्तर्राष्ट्रिय जेसीजकी उपाध्यक्ष रजनी थापाले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै युवा नेतृत्व र उद्यमशीलताको विकासमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासका लागि ज्ञान, नेटवर्क र आत्मविश्वासको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    त्यसैगरी, जेठ १० गते सम्पन्न समापन समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो। उहाँले ‘नाफल’ जस्ता कार्यक्रमले युवाहरूलाई व्यवसायिक यात्रामा मार्गदर्शन प्रदान गर्ने उल्लेख गर्दै सहभागीहरूलाई सिकेका ज्ञानलाई व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा मार्केटिङ र ब्रान्डिङको प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले आफ्नो व्यवसायलाई प्रतिस्पर्धी बनाउन आवश्यक रणनीति, ब्रान्ड निर्माण, ग्राहक व्यवस्थापन तथा बजार विश्लेषण सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए।

    प्रशिक्षकका रूपमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डीन प्रा. डा. सन्देश दास श्रेष्ठ तथा मार्केटिङ विज्ञ पुष्कर शर्माले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले प्रस्तुत गर्नुभएको विषयवस्तुले सहभागीहरूलाई व्यावहारिक रूपमा सोच्न र कार्यान्वयन गर्न प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

    कार्यक्रममा विशेष वक्ताका रूपमा चर्चित कलाकार राजेश हमाल, नबिल बैंकका प्रमुख कार्यकारी निर्देशक मनोज ज्ञवाली तथा चार्टर्ड एकाउन्टेन्ट अनुपमा संग्रौलाले आफ्नो अनुभव, संघर्ष र सफलताका कथा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको प्रस्तुति सहभागीहरूका लागि प्रेरणादायी तथा मार्गदर्शक बनेको थियो।

    यसैगरी, कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्षहरू, नेपाल जेसीजका विभिन्न शाखाका अध्यक्षहरू,सदस्यहरु, सहयोगीदाताहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

    कार्यक्रमका संयोजक संजीव पौडेलले सम्पूर्ण व्यवस्थापनको नेतृत्व गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डितले गर्नुभएको थियो। अध्यक्ष पण्डितले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, प्रशिक्षक, वक्ता, सदस्यहरु तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

    समग्रमा, “नाफल ५.०” ले सहभागीहरूलाई नयाँ दृष्टिकोण, व्यवसायिक ज्ञान तथा बलियो नेटवर्क निर्माण गर्ने अवसर प्रदान गर्दै उद्यमशीलता विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। यस्तो प्रकारका कार्यक्रमहरूले नेपाली युवालाई आत्मनिर्भर र नवप्रवर्तनशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.