• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विपद् सामना गर्नेगरी विकास नीति परिवर्तन गर्नुपर्छ : कानुनमन्त्री


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गौतमले पछिल्लो समय मुलुकले बेहोरेका श्रृङ्खलाबद्ध विनाशकारी विपद्हरूलाई स्मरण गर्दै उनले अबको विकास र पूर्वाधार निर्माणमा नयाँ सोच आवश्यक रहेको लेखेकी हुन् ।

    Advertisement

    पछिल्लो १२–१३ वर्षयता नेपालले जुरेको पहिरो, २०७२ को महाभूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, जाजरकोट भूकम्प, थामेको गेग्रान बहाव र हालै रसुवामा आएको विनाशकारी बाढीजस्ता ठूला विपद्हरू बेहोर्नुपरेको मन्त्री गौतमले बताइन् । यी विपद्का कारण वर्षौँ लगाएर र ऋण खोजेर बनाएका पूर्वाधारहरू केही घण्टामै ध्वस्त हुने गरेको र समाज पटक–पटक शून्यबाट सुरु गर्न बाध्य भएको उनले उल्लेख गरेकी छिन् ।

    ‘एउटा परिवारले घर मात्रै गुमाउँदैन, जीवनभरको कमाइ गुमाउँछ । एउटा समुदायले सडक मात्रै गुमाउँदैन, शिक्षा, स्वास्थ्य र बाँकी देशसँगको पहुँचसमेत गुमाउँछ,’ मन्त्री गौतमले लेखेकी छन् ।

    विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए तापनि जलवायु परिवर्तनको चर्को मूल्य नेपाली नागरिकले चुकाउनु परिरहेको उनको तर्क छ । विश्वको विकास र विलासिताका कारण सिर्जित जलवायु संकटले नेपालजस्ता मुलुकका बस्ती, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याएको उनले बताइन् ।

    अब ‘भत्किएको फेरि कसरी बनाउने ?’ भन्ने मात्र नसोची ‘अब बनाउँदा विपद् सहन सक्ने गरी कसरी बनाउने ?’ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएकी छिन् । परम्परागत सोचभन्दा माथि उठेर सुरक्षित भू–उपयोग, एकीकृत र योजनाबद्ध बस्ती, जलवायु अनुकूल पूर्वाधार र आवश्यक परे योजनाबद्ध पुनर्वाससम्मका विषयमा सोच्नुपर्ने बेला आएको उनले बताइन् ।

    हामीले हिमाल, हिमनदी वा विश्वव्यापी जलवायु परिवर्तनलाई एक्लै रोक्न नसके पनि त्यसको सामना गर्न सक्ने नेपाल बनाउन भने प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । कानुन सुधार समितिमा समेत आफूले यो विषय दृढताका साथ उठाएको मन्त्री गौतमले बताइन् ।

    ‘विपद् र जलवायु उत्थानशीलतालाई अब कानुन र नीतिको एउटा विषयमा मात्र सीमित राखेर पुग्दैन । यसलाई हरेक विकाससम्बन्धी कानुन, नीति, योजना र पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ,’ मन्त्री गौतमले लेखेकी छन् । उनले अबको बाटो विपद्पछि पुनस् बनाउने मात्र नभई, विपद्लाई झेल्न सक्ने गरी विकासको ढाँचा नै फेर्नुपर्नेमा जोड दिएकी छिन् ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.