काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले वृद्धि भएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७८५ रुपैयाँ पुगेको छ।
