काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ४०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख २ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७५० रुपैयाँ रहेको थियो ।
