काठमाडौं । जेन्जी आन्दोलनका क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, पोखरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय रहेका छन् । उनी ठगी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उपाध्याय सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका थिए । फरार कैदीको खोजी गर्ने क्रममा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले २०८३ असोज ५ गते राति करिब ९ः३० बजे उनलाई कागेश्वरी मनोहरा–७, पोखरीबाट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उपाध्यायलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः सुन्धारा केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ।
