सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद गरेको छ।
मिति २०८३ असोज ६ गते राति करिब ११ः१५ बजे प्रहरी चौकी तरहरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी इटह
री उपमहानगरपालिका–२० तरहरास्थित पानीपिया जंगलको ४ नं। ट्याङ्कीमा कोशी लोकमार्गमा चेकजाँच गर्ने क्रममा बा २ च ७५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूह लेखिएको एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।
एम्बुलेन्सभित्र प्लास्टिकले पोका बनाई राखिएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ ४५० किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
