नवलपुर । विश्व फार्मासिस्ट दिवसको अवसरमा नेपाल फार्मेसी संघ, नवलपुर जिल्ला शाखाले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
“स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ” भन्ने नारासहित असोज ९ गते (सेप्टेम्बर २५) नवलपुरको कालीगण्डकी चोकमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा रक्तदान गर्न इच्छुक सबैलाई सहभागी हुन संघले आग्रह गरेको छ।
रक्तदानले आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग पुग्ने भएकाले कार्यक्रममार्फत रक्तदानप्रति जनचेतना बढाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
