सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबस चालक सप्तरी कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय आर्यन पोखरेलसहित १२ जना घाइते भएका छन्। घाइते सबैको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये बलराम पौडेल उपचारपछि बिहान ९ः३० बजे डिस्चार्ज भएका छन्। अन्य घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
घाइते:-
१. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.११ बस्ने अं. वर्ष ३२ को आर्यन पोखरेल (चालक),
२. ऐ.ऐ. बस्ने अं.वर्ष ७० को दनसलाल चौधरी,
३. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.०१ बस्ने वर्ष ४३ को गोबिन्द गुप्ता,
४. ऐ.न.पा.वडा नं.१२ बस्ने अ.वर्ष ५१ को बलराम पौडेल,
५. ऐ.न.पा.वडा नं.११ बस्ने अं.वर्ष २१ की माया भुजेल,
६. ऐ.ऐ.बस्ने बर्ष ६० को असरफि खङ,
७. ऐ.ऐ.बस्ने अं. वर्ष ३० की सुनिता खङ,
८. ऐ.वडा नं.०६ बस्ने अं.वर्ष ३० की पुजा चौधरी,
९. ऐ.फतेपुर न.पा.०१ बस्ने अं.वर्ष ३६ की उर्मिला भुजेल,
१०. ऐ.ऐ.वस्ने अ.वर्ष २१ की उशा भुजेल,
११. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.०१ बस्ने अं.वर्ष ४७ की राधा नेपाल,
१२. ऐ.न.पा.वडा नं.०६ बस्ने अं.वर्ष ४० को देवाकान्त चौधरी रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
