अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ९ः१५ बजे लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनास्थलमा SOCO सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ। दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
