काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ५ हजार रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार रूपैयाँले घटेर २ लाख ९४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६५५ रूपैयाँ कायम भएकोमा आज १४५ रूपैयाँले घटेर ४ हजार ५१० रूपैयाँ कायम भएको छ ।
