काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य २ लाख ९० हजार ५ सय रुपैयाँ थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँ थियो ।
