सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनमा लुकाइछिपाई राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले २०८३ असोज १५ गते बिहान करिब ९ः३० बजे बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट ४ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएका बन्दुकहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
