काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर फेरि बढ्न थालेको छ । कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा एक साताअघि ४० हजार भन्दा कम संक्रमित फेला परेका थिए । तर पछिल्लो समय फेरि दैनिक ५० हजार को हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ सय ९८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ हजार ४६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ८ लाख ३६ हजार २३१ जना पुगेको छ । यस्तै हालसम्म २ करोड ९९ लाख ७५ हजार ६४ कोरोना संक्रमित निको भइसकेका छन् ।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।
