• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति


  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ   : मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको छ ।

    Advertisement

    कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता प्रदान गरेसँगै कठिन समयमा पनि उपलब्धि हासिल गर्न सम्भव भएको हो ।

    निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदुरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट शुरु भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ ।

    लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ दुई महिनाभित्रै सम्बोधन हुने तथा विगतमा छ मिटर खनिँदै आएकामा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ । जग्गाको मुआब्जा रु छ अर्बसहित करिब रु २२ अर्ब लगानी अनुमान गरिएको दुई दशमलव ६९ किलोमिटर लामो नागढुङ्गा सुरुङमार्ग विसं २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ । प्राविधिक तथा मजदुर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड–१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो ।

    आयोजनाको शिलान्याससँगै राज्यले नेपाल सुरुङमार्गको युगमा प्रवेशको घोषणा गरेको सन्दर्भमा उक्त निर्माणको सफलताले आधुनिक सुरुङमार्ग बनाउने दिशामा स्वदेशी प्राविधिकलाई ठूलो हौसला प्रदान गर्ने छ । अहिले नै मुलुकमा सम्भावना देखिएका १७ सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ । हुन त आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्कनुभएका इञ्जीनियर डिल्लीजङ्ग थापाले हेटौँडा नजिक चुरियामा निर्माण गर्नुभएको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ । दक्षिण एशियामै सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो ।

    यद्यपि मुलुकमा सडकबाहेक खानेपानी, सिँचाइ र विद्युत् आयोजना समेतका लागि करिब २७५ किमी सुरुङ निर्माण भइसकेको छ तर सवारी साधन गुड्ने अत्याधुनिक सुरुङमार्गका रूपमा नागढुङ्गा रहने छ । नौबिसे–थानकोट सडकखण्डको पिपला घुम्ती उकाल्न र त्यहाँ सडक चौडा गर्न नमिल्ने धरातलीय अवस्थाले राज्यलाई नागढुङ्गा सुरुङ निर्माणका लागि बाध्य बनाएको हो ।

    गह्राँै भारवहन लिएर आउने ट्रकलगायतका सवारी साधन त्यस स्थानमा बिग्रिएर अघि बढ्न नसक्दा अत्याधिक जाम भई हजारौँ यात्रुले दुःखकष्ट बेहोर्नु परिरहेको पृष्ठभूमिसँग नागढुङगा सुरुङ निर्माण सम्बन्ध गाँसिएको छ । सवारी जामबाट मुक्ति पाइने र हैरानी छल्ने विकल्पको सोचले अघि बढाइएको सुरुङ सञ्चालनमा आएसँगै यात्रामा समयका हिसाबले ४० मिनेट बचत र दूरीका हिसाबले साढे चार किमी कम हुनेछ ।

    अहिले जामले आक्रान्त भएर घण्टौँ कुर्नुपर्ने सबै समस्या हट्नेछ । त्यस सडकखण्डमा दैनिक गुड्ने १४÷१५ हजार सवारी साधनको ४० मिनेटका दरले समय बचत हुनेछ । मानिसलाई बचत भएको समयको मूल्य सदुपयोग गर्ने ठूलो अवसर प्रदान हुने छ । त्यहाँ भएको सवारीचापकै कारण विदेश यात्रामा रहने कयौँको हवाई उडान छुट्ने गरेको मात्र नभई एम्बुलेन्समा आएका गम्भीर प्रकृतिका बिरामीले सडकमै देहत्याग गर्नुपरेका घटना धेरै छन् ।

    सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा भन्नुहुन्छ, “सुरुङ निर्माणपछि बिरामी बोकेका एम्बुलेन्स रोकिने छैनन् । बिरामीले समयमै अस्पताल पुगी उपचार पाउने र सही उपचार पाएर बच्ने सम्भावना प्रबल रहन्छ । मानिसको ज्यान पैसासँग तुलना हुन सक्दैन ।”

    सुरुङ निर्माणपछि समय, तेल, पार्टपुर्जाका आयुका कारण यातायात साधन सञ्चालन खर्चको कमी मात्र होइन दुर्घटना जोखिम सम्भावना पनि न्यून हुनेछ । साढे नौ मिटर चौडाइको दुई लेन रहने सुरुङको भित्री भाग यातायातका साधन बिग्रिएमा त्यसको दायाँ–बायाँबाट गाडी चलाउन मिल्ने छ । सुरुङभित्र १५ वटा पङ्खा जडान गरिनेछ । उक्त सुरुङको सफल निर्माणसँगै प्रविधि हस्तान्तरण र सीपयुक्त जनशक्ति तयार गर्न सिकाइका हिसाबले पनि कोसेढुङ्गा सावित हुने महानिर्देशक थापा बताउनुहुन्छ । अप्रत्यक्षरूपमा नागढुङ्गा सुरुङ निर्माणका क्रममा रोडा, ढुङ्गा, गिट्टी, सिमेन्ट र फलाम उपलब्ध गराउने व्यवसायीलाई काम मिलेको छ ।

    यो आयोजना सफलतासँगै नेपालकोे यातायात क्षेत्रको पहिलो फ्लाइओभर बन्नेछ । सुरुङबाट बाहिरिने सवारी साधनको प्रयोगका लागि काठमाडौँको बलम्बु–थानकोट क्षेत्रमा निर्माण हुने फ्लाइओभर १३० मिटर लामो हुनेछ । सुरुङभित्र आगलागी वा अरु दुर्घटनामा उद्धार गर्न सजिलो होस् भन्नका लागि मूल सुरुङसँगै अर्काे सुरुङ रहनेछ । त्यो पनि साना सवारी साधन नै चल्ने क्षमताको रहनेछ । सुरुङभित्रका गतिविधि अध्ययन र अवलोकनका लागि अत्याधुनिक सञ्चार, बत्तीसहित सुविधासम्पन्न नियन्त्रण तथा सूचनाकक्ष रहनेछ । प्रत्येक ३०० मिटरमा आपत्कालीन द्वारको व्यवस्था हुनेछ । सुरुङसँगै दुई अण्डरपास पुल बनाइनेछ । सुरुङ खन्दा निस्केको माटो, ढुङ्गा त्यही प्रयोग गर्न सञ्चयको व्यवस्था मिलाइएको आयोजनाले जानकारी दिएको छ ।

    उक्त आयोजनालाई नियमितरूपमा सञ्चालन गर्न कम्तीमा रु चार करोड ४१ लाख वार्षिक बजेट अनुमान गरिएको जानकारी दिइएको छ । त्यस रकममध्ये ५८ प्रतिशत विद्युत्, २८ प्रतिशत कर्मचारी तलबभत्ता र बाँकी अरु कामका लागि खर्च हुनेछ । सुरुङको मुखमा स्थानीयवासीका उत्पादन बिक्रीसमेत प्रयोजनका लागि अत्याधुनिक सेवा केन्द्र रहनेछ । समय र प्रगतिबीच तालमेल मिलाएर आयोजनाले योजनाबद्धरूपमा काम अघि बढाएको छ ।

    चुनौती

    सडक सुरुङ निर्माणको अनुभवमा कमी, गलत ठाउँमा भएमा हुनसक्ने जोखिम, स्थानीयवासीबाट सम्बोधन गर्नै नसक्ने माग र आयोजनालाई हेर्ने गलत दृष्टिकोणलगायत केही आर्थिक, राजनीतिक र स्थानीय समस्या रहेको निर्देशक शाक्य बताउनुहुन्छ ।

    यसैबीच राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिले लक्ष्यअनुसारको काम समयमै सक्ने गरी आयोजनाको अद्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न शुक्रबार निर्देशन दिएको छ ।

    कहाँ–कहाँ बनाइँदै छ सुरुङ

    सुरुङसम्बन्धी कुनै मापदण्ड नभएको अवस्थामा नागढुङ्गा आयोजनाले अन्य सुरुङ अघि बढाउन उच्च प्रविधिको प्रयोग, आर्थिक विश्लेषण आकलन गर्ने योग्यता तथा क्षमता बढाउने छ । सामाजिक र वातावरणीय पक्षमा पनि सिक्ने मौका मिलेको छ । नेपाली कालिगड र श्रमिकले पनि आयोजनाबाट धेरै महत्वपूर्ण ज्ञान आर्जन गर्नेछन् ।

    यसकै आधारमा सिद्धबाबा सुरुङ अघि बढ्ने छ । रुपन्देही र पाल्पा सीमा क्षेत्रमा निर्माण हुने सिद्धबाबा सुरुङमार्गको बोलपत्र आह्वान नै भइसकेको छ । बर्सेनि हुने पहिराका घटनामा धेरैको ज्यान गएकाले त्यसलाई रोक्न एक दशमलव एक किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । त्यसका साथै चरिकोट–तामाकोशी–लामाबगर सुरुङ निर्माण हँुदैछ । काठमाडौँ–तीनकुने–जडीबुटी खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनि सुरुङ निर्माण गर्न जाइकासँग कुराकानी गरिएकामा परामर्शदाता खटाएर अध्ययन भइरहेको छ ।

    खुर्काेट–चियाबारी सुरुङमार्ग विपी राजमार्गको मुनि–मुनि निर्माणका लागि अध्ययन सकिएको छ । नवलपरासीको दुम्किवास–दाउन्ने–बर्दघाट क्षेत्रको पनि प्रारम्भिक सम्भव्य अध्ययन भएको छ । आगामी आर्थिक वर्षमा सडक विभागले थप सम्भाव्य अध्ययन गर्ने छ । पाल्पाको प्रभाष–जोर्ते क्षेत्रको पनि काम भइरहेको छ ।

    सरकारको २०७८/७९ को बजेटमा सिद्धबाबा, लामाबगर, धरान–लेउती सुरुङ शुरु गर्न रकम विनियोजन भएको छ । टोखा–छहरे–गुर्जेभन्ज्याङ सुरुङका लागि चिनियाँ सरकारसँग अनुरोध गरिएकामा प्रारम्भिक अध्ययन भएको छ । कुलेखानी–भीमफेदी चीन सरकारले अध्ययन गरेकामा उद्योगी कुशकुमार जोशीको टिमलाई नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमार्फत पिपिपी ढाँचामा बनाउन जिम्मा दिएकामा अल्झेर बसेको छ ।

    मझिमटार–शक्तिखोर–जोगिमारा निस्कने अर्काे सुरुङको पनि सोच अघि बढेको छ । स्वीस सरकारको अनुदानमा गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङसम्म सुरुङको अध्ययन भइसकेको छ । प्रतिनिधिसभा भवन अघिल्लतिर नयाँबानेश्वर चोकमा अण्डरपास बनाउन चीन र जापानसँग कुराकानी भइरहेको जानकारी दिइएको छ ।

    गौशाला–चावहिल अण्डरपासको पनि सोच अघि बढेको छ । भौगर्भिक अवस्थाका कारण पहिराबाट आक्रान्त रसुवागढी–बेत्रावती क्षेत्रमा स–साना सुरुङ निर्माण गर्न चीनले अध्ययन गरिरहेको छ । बबई–छिन्चु सुरुङ अर्काे आर्थिक वर्षमा अध्ययन गर्ने सरकारको योजना छ । भक्तपुरको ताथली– काभ्रेरवीओ तथा विपीनगर–खुटिया सुरुङको पनि सोच छ । गोदावरी–काभे्र–मानेचौरको अवधारणा अघि आएको छ । चेपाङमार्ग–मलेखु क्षेत्रको महाभारमा सुरुङ मार्गको माग छ । तीमध्ये नागढुङ्गा, सिद्धबाबा र लामाबगर पहिलो प्राथमिकता प्राप्त आयोजना हुन् ।

    कसलाई प्राथमिकता दिने, यातायातको चाप कुनमा छ, छिटो बनाउँदा केबाट फाइदा हुन्छ आदि विषयको अध्ययनपछि ढाँचा र रकम सुनिश्चित गरेर मात्र आयोजनालाई अघि बढाइने सडक विभागको भनाइ छ । मध्यपहाडी, मदन भण्डारी र सिद्धार्थ राजमार्गको यात्रालाई छिटो छरितो र सुरक्षित तुल्याउन स–साना सुरुङ बनाउनुपर्छ भन्ने सोच सरकारले अघि सारेको छ । नेपाल सुरुङ युगमा प्रवेश गरिरहँदा अध्ययन, विश्लेषण र अभ्यासका काम एकैसाथ अघि बढेको छ ।      (रासस)

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.