• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘डेल्टा भेरियन्ट’का बिरामी देखिएपछि चितवनमा साउन १४ गतेसम्म निषेधाज्ञा थप


  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
  • चितवन : जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ ।

    Advertisement

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को सिफारिसमा सीडीओ लामिछानेले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गरेका हुन्।

    यस्तो छ चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

    नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमणको जोखिम यस जिल्लामा अझै सम्म पनि उच्च रहेको तथा यस जिल्लामा कोभिड -१ ९ को नयाँ भेरियन्ट ( डेल्टा भेरियन्ट ) समेत पुष्टि भैसकेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति ०७८1०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८।०४।०७ गते राती १२:०० बजे देखि मिति २०७४।०४।१४ गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।

    क ) संचालन गर्न नपाइने सेवा तथा कार्य :

    १. भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा , सम्मेलन , सेमिनार , जात्रा . महोत्सव सञ्चालन ।

    २. सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , फिटनेस सेन्टर , जिमखाना , स्पा , स्वीमिङ्ग पुल , ब्युटीपार्लर तथा सैलुन सञ्चालन ।

    ३. विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन लगायतका शैक्षिक गतिविधि सञ्चालन ।

    ४. मठ , मन्दिर , मस्जिद , गुम्बा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने ।

    ख ) संचालन गर्न पाइने सेवा तथा कार्य :

    १. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल एग्रोभेट तथा भेटेरीनरी औषधि पसल , पुस्तक तथा स्टेशनरी पसल सञ्चालन ।

    २. जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्ने । बढि भिडभाड हुने कार्यालयहरूले हप्ताको बार अनुसार फरक / फरक बार सेवाप्रवाह हुने स्थानीय तह तोकी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई सेवाप्रवाह गर्ने ।

    ३. खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछामासु , अण्डा , चल्ला , दाना , खाना पकाउने ग्याँस सम्बन्धी पसल , एग्रोभेट , बिउबिजन , रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक रुपमा सञ्चालन गर्न पाइने ।

    ४. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल , भाँडा पसल , कपडा पसल , फेन्सी पसल , कस्मेटिक तथा गिफ्ट पसल , सुनचाँदी पसल , पुजा सामाग्री पसल , फर्निचर तथा फर्निसिङ , अटोमोबाइल , मोटरपार्ट्स , जुत्ता चप्पल , टेलरिङ , प्रेस तथा फोटोकपी पसल , वर्कशप , निर्माण सामग्री बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन गर्न पाइने

    ५. खाजा घर , रेष्टुरेण्ट र मिठाई पसलहरु बेलुकी ७:०० बजे सम्म सञ्चालन गर्ने पाइने ।

    ६. जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक , वित्तीय संस्था , सहकारी , विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने ।

    ७. उद्योग / कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको परीक्षणको व्यवस्था गर्ने ।

    ८. होटेल / लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंकमण गर्ने ।

    ग ) संचालन गर्न पाइने सवारी साधनहरु :

    १. अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु , खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु , मालवाहक सवारी साधनहरु , सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।

    २. समाचार संकलन / संप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

    ३. अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।

    ४. राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।

    ५. जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरका सवारी साधनमा देहायका मापदण्ड पालना गर्ने गरी  सञ्चालन  गर्ने :

    • सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
    • सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
    • मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
    • चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने ।
    • सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने ।
    • सवारी साधन दैनिक निसंक्रमण ( Disinfection ) गर्ने ।
    • ६. यस जिल्लावाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारीसाधनको हकमा माथि ५ नं बुंदामा उल्लेखित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने / गराउने गरी अत्यावश्यक प्रयोजनमा सम्वन्धित यातयात व्यवसायी संघ / समितिको सिफारिस एवम जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सीमित संख्यामा संचालन गर्ने अन्य जिल्लाबाट आउँने सवारी साधनको हकमा सम्बन्धित जिल्लाको सिफारिस भए / नभएको हेरी संचालन गर्न दिने ।

    ७. यहि मिति २०७४।०४।० ९ गतेबाट भरतपुरमा सञ्चालन हुने चिकित्सा शिक्षा आयोग द्वारा लिइने स्नातक तहको प्रवेश परीक्षा तथा निकट भविष्यमा सञ्चालन हुने ११ कक्षा लगायत निर्धारित अन्य परीक्षा सञ्चालन सम्बन्धमा देहाय बमोजिमको प्रबन्ध मिलाई परीक्षा सञ्चालन गर्ने :

    • परीक्षा सचालनमा संलग्न शिक्षक , कर्मचारी तथा परीक्षार्थी सबैले मास्कको प्रयोग लगायत नेपाल सरकारले तोकेका कोभिड -१ ९ सँग सम्बन्धित जनस्वास्थ्यका निर्धारित मापदण्ड पूर्णरूपमा पालना गर्ने / गराउने सुनिश्चितता गरी परीक्षा सञ्चालन गर्ने ।
    • परीक्षा संचालन गर्दा एउटा कोठामा २५ जना भन्दा बढी नराख्ने ।
    • एउटा वेन्चमा एक जना परिक्षार्थी मात्र रहने गरी 2 आकारमा सिटप्लान गर्ने ।
    • परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भए पश्चात पनि जनस्वास्थ्यका मापदण्ड बमोजिम भौतिक दुरी कायम हुने व्यवस्था मिलाउने ।
    • स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी परीक्षा हल , शौचालय , खानेपानी स्थलमा अनिवार्य दैनिक निसंक्रमण ( Disinfection ) गर्ने ।
    • कोभिड -१ ९ संक्रमित परीक्षार्थीको हकमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई अन्य सामान्य परीक्षार्थीहरूको परीक्षा सुरू भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरू परीक्षार्थीको परीक्षा सकिएको ३० मिनेट पछि परीक्षा हलबाट निस्कने व्यवस्था मिलाउने ।
    • घ ) संक्रमण दर घट / वढ भएमा यस आदेशमा भएका व्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ ।

    ङ ) साथै उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनबासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।

    च ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ

    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.