चितवन : जिल्ला प्रहरी कार्यालय चितवन बागमती प्रदेशभर उत्कृष्ट कार्यालय घोषित भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट आन्तरिक कार्य सम्पादन मुल्याङकन हुँदा २०७८ साल असार महिनामा जिल्ला प्रहरी कार्यालय चितवनले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
बागमती प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा यसरी नतिजा प्रकाशीत गरिएको हो ।
तोकिएको जिम्मेवारीमा उच्च ब्यवसायिकता प्रदर्शन गर्दै लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्न सहयोग पुर्याउने कार्यलय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई सामुहिक कार्य को लागी धन्यवाद व्यक्त गरिएको छ ।
आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरिएको चितवन प्रहरीले जनाएको छ । साथै सम्पादित कार्यको मुल्याङकन गर्दा जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रथम स्थानमा छनौट गर्नु भएकोमा बागमती प्रदेश प्रहरी कार्यालय तथा प्रहरी नायव महानिरीक्षक प्रति आभार गरिएको छ ।
चितवन प्रहरीले पछिल्लो समय निकै चर्चित वनेको राप्ती ३ की सुजिता भण्डारी मृत्यु प्रकरण र सेनाले सेनालाई गोली हानी हत्या गरेको घटनालाई समाधान गर्दै लगेको थियो । भण्डारीको मुद्दामा आत्महत्या दुरुत्साहनमा अनुसन्धान जारी रहेको र नेपाली सैनिकको मृत्यु मुद्दामा लगभग अन्तिम चरणमा पुगेको प्रहरीको भनाई छ ।
