काठमाडौँ – मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।
पार्टी भित्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकिएको छैन । सरकारमा अहिलेसम्म देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई जन मन्त्री छन् ।
