काठमाडौँ – सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ । कार्यदलका सदस्यहरुबीचको उक्त बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिने बताइएको छ ।
यसअघि सोमबार बसेको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको थियो । थप गर्नुपर्ने केही विषय बाँकी रहेकाले आज पनि छलफल गरेर पूर्ण बनाउने तयारी रहेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको उक्त् बैठकले सम्भवतः न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सहमति गरेको थियो ।
