• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुर महानगरपालिका र आर्य बिल्डर्स बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि सम्झौता, तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य


  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा. ली. बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि आईतबार निर्माण सम्झौता सम्पन भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र संचालन गरी सम्झौताको मितिले ३० बर्ष पछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

    Advertisement

    परियोजना निर्माण तथा संचालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको भन्दै यो परियोजनाले चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

    पछिल्लो समय नेपाली समाज सुविधा सम्पन्न मल तथा अपार्टमेन्ट प्रती आकर्षण बढिरहेको बताउदै यो सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्ने गौरभको आयोजना भएको बताइन् ।  यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्स लाई आग्रह गरिन् । सो अवसरमा प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, ६ लेन सडक, स्मार्ट सडक लगायतका आयोजनाहरू सम्पन्न हुँदा भरतपुरको मुहार फेरीने बताईन् ।

    परियोजना निर्माण तथा संचालन सम्बन्धी संझौता कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना निर्माण सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई आग्रह गरीन् ।सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने बताए ।

    सम्झौता कार्यक्रममा चितवन उधोग संघका अघ्यक्ष राजु श्रेष्ठले सम्झौता भएको बहु तले व्यवसायिक भवन चितवनकै आईकोन परियोजना हुने बताउदै समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे ।

    कार्यक्रममा अध्यक्ष श्रेष्ठले लायन्सचोकमा बन्ने बहुतले भवन चितवनको थप परिचयको रूपमा रहने विश्वास व्यक्त गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा परियोजना अगाडी  बढाएको भरतपुर महानगर र आर्या बिल्डर्सलाई धन्यवाद ब्यक्त गरेका थिए । सो अवसरमा वडा न ३का वडाध्यक्ष  चन्द्र मित्र पण्डित लामो प्रयासपछि आफ्नो वडामा विशाल परियोजना भरतपुर मेट्रो प्लाजा निर्माणको संझौता  भएकोमा खुसी व्यक्त गर्दै आफू र वडावासीको तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सो अवसरमा आर्या बिल्डर्स एन्ड ईन्जिनियरिङका प्रबन्धक जिवन कंडेलले भदौको पहिलो साताबाटै निर्माणको काम अगाडी बढाउने बताउदै दुई बर्ष भित्रैमा परियोजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अगाडी बढाउने बताए । निर्माणाधिन बहुतले भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ  १६ तलाको हुने छ । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाईको रहने छ ।

    दुई तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा ५ तारे होटल देखि सिनेमा हल ,फूट कोर्टका साथै व्यवसायिक स्थलहरू हुनेछन् ।आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा १० कट्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।

    परियोजना निर्माण तथा संचालन सम्बन्धी महानगर र आर्या बिल्डर्का बिच आज संझौता भएको भन्दै यो परियोजना सम्झौता सम्म आईपुग्दा भिकोक एण्ड कम्पनिले समेत महत्वपूर्ण भूमिका खेलेको भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर भरत आचार्यले बताए ।परियोजना निर्माण सम्बन्धी बिस्तृत सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा र आर्य इन्जिनियरिङका तर्फबाट प्रबन्धक जिवन कंडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यो परियोजना संचालन गरी ३० वर्षमा महानगरले  लिदा यो अवधीमा ८१ करोड राजस्व महानगरपालिकाले प्राप्त गर्ने छ ।सार्वजनिक  निजी साझेदारी मोडलमा संचालन हुने यो परियोजना देशकै पहिलो र ठूलो रहेको महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बताए । २ अर्ब लागतमा निर्माण हुने परियोजना सम्झौता भएको  मितिले ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ भने ३० बर्षपछि महानगरपालिकालाई आर्या बिल्डर्सले हस्तान्तरण गर्ने छ ।

    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.