काठमाडौं – लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेले राजीनामा दिएका छन् । मंगलबार पाण्डेले विज्ञप्ति जारी गर्दै मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल हुनुअघि पदबाट राजीनामा दिएका हुन् । विज्ञप्तिमा उनले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकोले पदबाट राजीनामा दिएको बताएका छन् ।
पाण्डे गएको बैशाखमा जसपाबाट मन्त्री बनेका थिए । पाण्डेसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई सरकारबाट फिर्ता हुन नमानेपछि जसपाले कारबाही गरी सांसदबाट हटाएको थियो ।
