काठमाडौं – विश्व चर्चित फुटबल खेलाडी तथा अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी फ्रेन्च लिग वानको क्लब पिएसजीमा अनुबन्धित भएका छन्। मंगलबार मेसीले पिएसजीसँग २ वर्षका लागि सम्झौता गरेको हो ।

मेसीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने गरी पिएसजीले अनुबन्ध गरेको हो । आफ्नो क्लबमा अनुबन्ध गरेपछि पिएसजीले मेसीलाई सार्वजनिक गरेको छ ।

पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी हस्तान्तरण गर्दै सार्वजनिक गरेको हो । नयाँ क्लबमा आउँदा मेसीलाई पेरिसमा हजारौं समर्थकले स्वागत गरेका थिए ।
आइतबार मात्रै मेसीले पत्रकार सम्मेलन गरेर आफुले बार्सिलोना छाडेको घोषणा गरेका थिए । उनले पत्रकार सम्मेलनमा २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा सुनाएका थिए ।
