काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियल म्याड्रिडले डिपोर्टिभो एलाभेसलाई ४–१ गोलले पराजित गरको हो ।
उक्त खेलमा रियलका लागि फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले दुई गोल गरे । यस्तै रियलका लागि नाचो फर्नान्डेस र भिनि जुनियरले एक एक गोल गरे । यस्तै एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल गरे । खेलको ४८औं मिनेटमा बेन्जेमाले गोल गरी रियललाई अग्रता दिलाए ।
त्यसपछि खेलको ५६औं मिनेटमा नाचो फर्नान्डेसले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि बेन्जेमा र भिनि जुनियरले एक एक गोल गरे । जितसँगै रियलले ३ अंक जोडेको छ ।
