काठमाडौं । सरकार ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए संगै नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली आक्रोशित भएका छन् ।
मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पारेका छन् । ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानूनी , जनादेशबिपरितको र अपराधीक उदेश्यका साथको सरकार भएको आरोप लगाएका छन् ।
ओलीले षडयन्त्रपूर्वक गलत मनशायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै निन्दा गरेका छन् । संसद अधिवेशन रोकेर १२ घण्टा नवित्दै कालो र षडयन्त्रपूर्वक दल बिभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उहाले आक्रोश व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले देशको अन्य समस्या मा आँखा नलाएर एमाले पार्टी फुटाउन मा किन यो सरकार तम्सिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरेका छन् ।
उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्र्दै अध्यादेश खारेज नभए वा एमाले फुटेमहङ्गो पर्ने चेतावनी दिएका छन् । अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अव एमाले चूप लागेर नवस्ने उनले बताएका छन् । पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले बताएका छन् ।
