• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु: दुई वर्षभित्र सक्ने लक्ष्य


  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
  • सुर्खेत, भदौ २ गते । सुर्खेत–कोहलपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक काम सुरु भएको छ । मङ्गलबार बाँकेको कोहलपुरमा टावरको जगको शिलान्यास गरेर औपचारिक रूपमा काम थालिएको हो ।
    सुर्खेतदेखि कोहलपुरसम्मको सर्वेलगायतको काम एक वर्षदेखि भए पनि निर्माणको औपचारिक काम भने मङ्गलबारदेखि सुरु भएको सुर्खेत–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रविकुमार चौधरीले जग निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । एक वर्षअघि अन्य काम जारी राखिएको र जग निर्माणको काम बाँकेको कोहलपुरबाट सुरुवात गरिएको उहाँको भनाइ छ । दुई वर्षभित्र काम सकेर सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन पु¥याइने दाबी उहाँको छ ।
    उहाँका अनुसार एक वर्षअघि नै रुख कटान, व्यक्तिको जग्गाको मुआब्जा दिनेलगायतका सर्वे गरेर मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ । आयोजना प्रमुख चौधरीले मन्त्रालयले पनि मन्त्रिपरिषद् बैठकमा पठाएको र त्यहाँबाट पास भएपछि काम थाल्ने बताउनुभयो । आयोजनामा कोहलपुरदेखि सुर्खेतसम्म १३ हजार रुख काट्नुपर्नेछ । उक्त प्रसारण लाइनमा ९० प्रतिशत वन क्षेत्र भएकाले वन मन्त्रालय र मन्त्रिपरिषद्ले पास गर्नुपर्ने हुन्छ ।

    Advertisement

    आयोजना प्रमुख चौधरीले ९० प्रतिशत वन क्षेत्र र १० प्रतिशत व्यक्तिका जग्गा पर्ने हुँदा मुआब्जा वितरणको पनि काम जारी राखिने बताउनुभयो । उहाँका अनुसार मुआब्जा वितरणका लागि उपसमिति गठन भएको छ । मुआब्जा वितरणको काम पनि छिट्टै सुरु हुनेछ ।
    वन क्षेत्र र व्यक्तिका जग्गा नपरेका ठाउँमा भने लाइनको काम भइरहेको आयोजना प्रमुख चौधरीले बताउनुभयो । कोहलपुरदेखि सुर्खेतसम्म १६१ वटा टावर पोल राखिनेछ । ती सबै पोल भारतबाट ल्याइनेछ । लाइनका लागि ७० करोड बजेट छ । दुई वर्ष काम सक्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजना प्रमुख चौधरीले काममा कुनै व्यवधान नआएमा दुई वर्षभित्र काम सकिने दाबी गर्नुभयो ।

    सुर्खेतमा हाल ३३ केभी विद्युत् प्रसारण लाइन छ । पञ्चायतकालमा नेपालगन्जबाट हतारहतारमा ल्याइएको उक्त विद्युत्को क्षमता हाल अपुग छ । पोलहरू जीर्ण छ । सानो हावाहुरी र वर्षा लागेमा सुर्खेतमा विद्युत् अवरुद्ध हुने गरेको छ ।
    साउनको अन्तिम सातामात्रै करिब पाँच दिन सुर्खेतमा विद्युत् नहुँदा जनजीवन अस्तव्यस्त बन्यो । हर्रे, रामघाट, चिँगाड क्षेत्रका विद्युत् पोल वर्षाले ढलाउने, तारमा रुख लाग्ने गर्दा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

    बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.