• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

टिकटक स्टार स्मारिकाको डिभोर्स, लाइभमा आएर पूर्वपतिको यस्तो आग्रह


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • काठमाडाैं । चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

    Advertisement

    स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् ।
    ‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’
    डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् । विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे ।

    ‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला ।’

    झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो । नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । उनीहरुका सन्तान भएका छैनन् ।

    स्मारिका टिकटकमा हिट बनेकी विवाहपछि हो । कलेज पढाउने श्रीमान र परिवारले आफूलाई टिकटकमा सँधै सपोर्ट गर्ने गरेको स्मारिकले विभिन्न अन्तरवार्तामा बताएकी छन् ।
    स्मारिका र समारिकाको जुम्ल्याहा जोडी नेपालमा अत्यधिक रुचाइएको टिकटक सेलिब्रिटीमा पर्छ । स्मारिका दिदी र समारिका बहिनी हुन् । समारिकाको बिहे भएको छैन ।
    नृत्य र अभिनयमा पोख्त यी दिदीबहिनीकोे फ्यान फलोइङ लोभलाग्दो छ । स्मारिका ढकालको टिकटक अकाउन्टमा करिब साढे ६ लाख फलोअर्स छन् ।

    पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्विन्स जोडी डिमान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
    युट्यूवमा यो जोडले पोस्ट गर्ने सर्ट भिडियोहरु पनि हिट छन् । ‘सिस्टर्स बि लाइक’, ‘देउरानी–जेठानी’, ‘मम्स बि लाइक’ जस्ता कन्सेप्टमा भिडियो बनाएर उनीहरुले चर्चा कमाएका थिए । समारिका स्मारिकाको युट्यूव चाइनलमा २ लाख ९४ हजार सब्स्क्राइबर्स छन् ।

    विवेक भन्छन्ः समझदारीमा छुट्टियौं, उनको भविष्य राम्रो होस
    टिकटकमा लाइभ आएर स्मारिकाका पूर्वपति विवेक अधिकारीले यसो भनेका थिएः
    म कुनै सेलिब्रिटी नभएर आम मान्छे हुँ । मिडियामा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जिज्ञासा राख्नुभयो ।
    तपाईंहरुको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्यूज’ भएको सुनिरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्वन्ध तोडिए पनि हेरिन्छ । धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ ।

    पैसा कमाइस, सेलिब्रिटी भइस, अनि बुढा छोडिस भन्ने कुराहरु आएका छन् । यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदिनुस ।
    मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन । सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं ।

    अहिले पनि एक–अर्कालाई घृणा गर्दैनाै‌। उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद । उसलाई कुनै ब्लेम नलगाइदिनुस ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.