• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मैत्रीपूर्ण फुटबल : हेड टु हेडमा यस्तो छ नेपाल भर्सेस भारत


  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं – नेपाल राष्ट्रिय फुटबल टोली र भारतीय राष्ट्रिय फुटबल टोलीबिच भदौ तेस्रो साता दुई मैत्रीपूर्ण खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अल इण्डियन फुटबल फेडेरेसन (एआईएफएफ) ले मैत्रीपूर्ण दुई खेलको लागि प्रस्ताव गरेको थियो । नेपालले स्विकार गरेसँगै १७ र २० भदौमा दशरथ रंगशालामा खेल हुने तय भएको छ ।

    Advertisement

    मैत्रीपूर्ण खेलका लागि यतिबेला दुबै टोली तयारीमा ब्यस्त छन् । नेपाली टोली हाल पोखरा रंगशालामा दुई साताको प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भारतसँगको मैत्रीपूर्ण खेलको लागि २५ सदस्यीय टोली घोषणा गरेका छन् । उनले विगतका स्ट्राइकर भरत खवास, अभिषेक रिजाल र डिफेण्डर रन्जित धिमाललाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् ।

    अब्दुल्लाहले घोषणा गरेको टोलीमा राजन गुरुङ र नितिन थापाले पहिलो पटक स्थान बनाउँदा सुजल श्रेष्ठले पुनरागमन गरेका छन् । यता, भारत पनि नेपालसँगको खेलअघि प्रशिक्षणमा ब्यस्त छ । उसले कोलकतामा १५ दिनसम्म प्रशिक्षण गर्ने जनाएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले २३ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।

    १० खेलाडी भने एएफसी कप खेल्न माल्दिभ्सको मालेमा छन् । बंगरुलु एफसी र एटिके मोहन बंगान यतिबेला एएफसी कप खेलिरहेका छन् । दुई क्लबका खेलाडी प्रशिक्षणमा सामेल भएपछि इगोरले टोली नेपाल ल्याउने छन् ।

    ५ वर्षपछि नेपालसँग खेल्न लागेको भारतीय टोलीले एएफसी कप खेलेका कप्तान सुनिल क्षेत्रीसहित केही खेलाडीलाई आराम दिने तयारी गरेको छ ।

    हालसम्म नेपाल र भारतबिच १९ पटक भेट भएको छ । जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ । हालसम्म भारतले १३ खेल जित्दा नेपालले २ खेलमात्रै जितेको छ । ४ खेलमा बराबरी भएको छ ।

    भारतले ३३ गोल गर्दा नेपालले ९ गोल मात्रै गरेको छ । नेपाल र भारतले पहिलोपटक सन् १९८५ डिसेम्बर २० मा एक अर्काविरुद्ध खेलेका थिए । जुन खेल गोलविहीन थियो । त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

    दुई टोलीले अन्तिम पटक सन् २०१७ को जुन ६ मा भिडेका थिए । भारतको मुम्बई फुटबल एरिनामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । भारतका खेलाडी सन्देश झिन्गान र जे जे लाल पेख्लुयाले नेपालविरुद्ध गोल गरेका थिए ।

    नेपालले अन्तिम पटक घरेलु मैदानमा भारतसँग सन् २०१५ मार्च १७ मा खेलेको थियो । फिफा विश्वकप छनोटको लागि भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

    football.JPG

    नेपाल र भारतबिचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहेका छन् । उनले ८ खेल खेल्दै ५ गोल गरेका छन् । यस्तै आइएम विजयन र कार्लटन चापम्यानले समान ३ गोल गरेका छन् ।न्युज कारखाना

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.