काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी औपचारिक रुपमा विभाजन भएपछि एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको हो।
बैठक बिहीबार दिउँसो १२ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेबाट छुट्टिएका माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए ।
