• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

यस्ता छन पिनास हुनुका कारण : समयमै उपचार नपाय के-के हुन्छन् हेर्नुहोस


  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • पिनासलाई मेडिकल शब्दावलीमा ‘साईनो साईटोसिस’ भनिन्छ । साईनसमा संक्रमण हुनुलाई हामीले ‘साईनो साईटोसिस’ भन्छौं र त्यसैलाई बोलीचालीको भाषामा पिनास भनिन्छ । हाम्रो टाउकोको खप्परमा चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं । ती थैलाहरूले हाम्रो टाउकोलाई सन्तुलित बनाउने, आवाजलाई स्वरुप दिने काम गरिरहेका हुन्छन् । ती चारवटै थैलाको मुख हाम्रो नाकनिर हुन्छ । जसलाई हामी ‘मिडिल मिएट्स’ भन्छौंं । त्यसमा तीनवटा चेम्बर हुन्छन् ।

    Advertisement

    तलको चेम्बरलाई इन्फेरियर मिएट्स, बीचकोलाई मिडिल मिएट्स र माथि पट्टिकोलाई सुपेरियरल मिएट्स भनेर चिनिन्छ । नाकको भित्रपट्टि भएको प्वालले भेन्टिलेसन गर्ने, त्यसले वाहिरी वातावरण र टाउकोभित्रको हावाको चाप पनि सन्तुलित गर्ने काम गर्छ । त्यसकै योगदानस्वरुप हामीले टाउको ठाडो बनाउनेदेखि आवाज निकाल्ने सम्मको काम गर्न सक्छौं । टाउकोबाट निस्कासन हुने पदार्थ पनि नाकको प्वालबाट बाहिर निस्कन्छ ।नाकको भित्री भाग अर्थात् साईनसमा कुनै कारणले इन्फेक्सन भयो भने हामीले त्यसलाई साईनोसाईटिस वा पिनास भनेर बुझ्छौं । नाकमा संक्रमित भएमा त्यसले राम्रोसँग काम गर्न सक्दैन । त्यसमा पिप जम्मा हुन थाल्छ, नाकभित्रको प्वालबाट निस्कासन हुने फोहोर पदार्थ अवरुद्ध हुन्छ । बाहिरी वातावरण र टाउको भित्रको हावाको सन्तुलन हुन नपाएपछि टाउको दुख्ने हुन्छ ।

    पिनास दुई किसिमका हुन्छन् । एउटालाई ‘एक्यूट साइनोसाईटिस’ र अर्कोलाई ‘क्रोनिक साईनोसाईटिस’ भनिन्छ । एक्यूट साईनोसाईटिस सामान्य खालको पिनास हो । चार हप्तासम्मको पिनासलाई यो रुपमा चिनिन्छ । चार हप्तादेखि ३ महिनासम्मको लागि ‘सब–एक्यूट’ वा ‘सव–क्लिनिकल साईनोसाईटिस’ भन्ने गरिन्छ ।तीन महिनाभन्दा बढी भएमा त्यस्तो पिनासलाई ‘क्रोनिक साईनोसाईटिस’ भन्ने चलन छ । ‘एक्यूट साईनोसाईटिस’को मुख्य कारण रुघा वा भाईरल इन्फेक्सन नै हो । एक्यूट साईनोसाईटिस लामो समयसम्म रहेमा वा बल्झिदै गएमा त्यसले ‘क्रोनिक साईनोसाईटोसिस’को रुप धारण गर्छ । एलर्जी लगायतका कारणले पनि इन्फेक्सन हुने समस्या रहन्छ ।

    एलर्जी, रुघाखोकी लामो समयसम्म रहेमा क्रोनिकस पिनास बन्ने देखिन्छ । लामो समयसम्म उपचार नभएमा यस्तो जटिलता देखापर्न सक्छ । कतिपय व्यक्तिको भने शारीरिक संरचनामा नै समस्या हुन्छ । कसैको नाकको प्वाल सानो हुन्छ, कसैको हड्डी बांगिएको हुन्छ । बनाबटको विविधता वा जटिलताले पनि कतिपय व्यक्ति बारम्बार ‘क्रोनिक साईनो साईटोसिस’को समस्या झेलिरहेका हुन्छन् ।पिनास लामो समयसम्म रह्यो भने विभिन्न अप्ठेरोपन र शारीरिक समस्या देखापर्छ । नाक बन्द हुने, घाँटी खसखस हुने, खोकी लाग्ने, घाँटीमा जटिलता आउने लगायतका समस्या देखा पर्छन् । यस्तो अवस्थामा सबैमा एकै खालको समस्या नदेखिन पनि सक्छ । नाक बन्द हुने, नाकबाट बाक्लो र पहेलो सिँगान आउने, बासना थाहा नहुने अर्थात सुँघ्ने शक्ति हराउने हुन्छ । समयमै उपचार नभएमा स्थिति थप जटिलतातिर जाने देखिन्छ ।

    आँखा सुन्निने, आँखाको वरपर र तल्लो भाग सुनिन्ने हुन्छ । कतिपयमा त्यसको असर दिमागसम्म पुग्न । पिनासका कारण आँखाको बाहिरी भागका साथै आई–भल्भ सुन्निने हुन्छ । आँखाभित्र पनि इन्फेक्सन हुने र पिप जम्न सक्छ । दिमागको बाहिरी भागमा पिप जम्ने खतरा पनि पिनासले निम्त्याउँछ । मेनेञ्जाईटिस हुने र दिमागको भित्र भागमा पिप जम्मा भएर बिरामीको मृत्यु हुनेसम्मको खतरा पिनासबाट हुनसक्छ ।नियमित रुपमा स्वास्थ्यको ख्याल नगर्ने, बारम्बार एलर्जीको समस्या बेहोरिईरहने लगायतलाई पिनासको समस्या देखिन्छ । नाकको संरचनामा समस्या भएको, बारम्बार रुघा लागिरहने मानिसलाई पनि समस्या हुन्छ । सास फेर्न गाह्रो हुनेगरी नाकमा मासु पलाएको व्यक्ति पनि बारम्बार पिनासबाट पीडित हुने सम्भावना रहन्छ ।

    अवस्था हेरेर पिनासको उपचार प्रक्रिया पनि फरक फरक हुन्छ । ‘एक्यूट साईनोसाईटिस’ भनिने सामान्य खालको पिनास विना उपचार नै निको हुनसक्छ । त्यसका लाग एन्टिबायोटिक पनि जरुरी पर्दैन । दुई हप्तासम्म पिनास भएमा र त्यसपछि निरन्तर समस्या देखिए पेनकिलर, तातो पानीको बाफ दिने लगायतका काम गरेर निको पार्न सकिन्छ । तुरुन्त एन्टीबायोटिक दिनुपर्छ भन्ने छैन । तर डाक्टरकोमा आएपछि एन्टीबायोटिक दिने चलन छ । औषधिले, चिसोबाट जोगिने प्रयास र शरीरलाई तातो राख्ने उपायले सामान्य पिनास निको पार्न सकिन्छ ।

    पिनासले जटिल रुप धारण गरेको छ भने औषधिले निको पार्न सकिन्छ । केही बिरामीलाई अवस्था हेरि पिनास सफा गर्ने विधि पनि अपनाउनुपर्ने हुन्छ । सुईबाट पानी फ्याँकेर पनि नाकको भित्री भाग सफा गर्ने अर्को उपाय छ । तर अचेल त्यो अभ्यास निकै कम प्रचलनमा छ । कतिपय अवस्थामा बिरामीलाई ‘सर्जिकल इन्टरभेन्सन’ गर्नपर्ने हुन्छ । नाकभित्रको मासुको म्यूकोजा मोटो भएको विरामीलाई पनि सर्जिकल उपचार आवश्यक हुन्छ र अपरेशन÷इण्डोस्कोपिक साईनो सर्जरी गर्नुपर्ने हुन्छ । पछिल्लो समय ‘फङसनल इण्डोस्कोपिक साईनोसर्जरी(फेस) र बेलुन साईनोप्लाष्टि पनि प्रचलनमा आउँदैछन् ।

    कतिपय बिरामीको हकमा भने बारम्बार पिनास हुनुको कारण खोज्नुपर्ने हुन्छ । नाकभित्र मासु भए हटाउने, बाङगो हड्डी भए सोझ्याउने लगायतका काम गरेर पनि उपचार गर्नुपर्ने हुन्छ । पिनास जुनसुकै उमेर, लिंगका मानिसलाई पनि हुनसक्छ । तर बालबालिकामा पिनास भए छिटो जटिलता हुने खतरा रहन्छ ।

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.