चितवनमा कोरोना भाइरस विरुद्धको अभियान चलिरहेको छ । सोहि अनुसार दोस्रो दिन सम्म जिल्लाका ४ हजार ३ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । तीमध्य १ हजार ८ सय ६१ जना महिला र २ हजार ४ सय ८८ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ १५ देखि १६ गतेसम्म जिल्लामा कुल ६ हजार ६ सय ७९ जना पुरुष रहेका छन् । आज तेस्रो दिनको तथ्याङ्क अपडेट हुन भने बाकिरहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्लाको सातवटै स्थानिय निकाय अनुसार हिजो भरतपुर महानगरपालिकाका २ हजार ५ सय २२ जना , खैरहनी नगरपालिकाका ३ सय, माडी नगरपालिकाका ३सय ७२ जना, रत्ननगर नगरपालिका ५ सय ६० जना, राप्ती नगरपालिकाका १ सय ६३ जना, कालिका नगरपालिकाका १ सय ८४ जना र इच्छाकामना गाउँपालिकाका २ सय ४८ जना रहेका छन् ।
१८ वर्ष उमेर पुरा भएकाहरुलाई मात्र कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाईएको हो । खोप भदौ १८ गते सम्म चल्ने छ । जिल्लाको विभिन्न स्वास्थ्य कार्यालयबाट १८ वर्ष माथिका विद्यार्थीले खोप लगाउन सक्ने छन् । चिकित्सा क्षेत्र तथा प्राविधिकतर्फका विद्यार्थीहरुलाई खोप लगाईएको छ । यसबाहेक उद्योग संघमा आबद्ध कर्मचारी तथा मजदुरहरु, अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई खोप उपलब्ध गराइएको छ । भदौ १५ देखि १८ गतेसम्म चितवनका सबै पालिकामा लगाइने खोपको लक्षित समूह एकै किसिमका छन् ।
