• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालमानै पहिलो पटक भरतपुर महानगरमा अटिजम विशेष विद्यालय स्थापना, मेयर रेनु दाहालद्वारा विद्यालयको शुभारम्भ


  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरले नेपालमा नै पहिलो पटक अटिजम भएका बालबालिकाको अध्ययनका लागि महानगर स्तरिय सरकारी अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले अहिले सम्म पनि ध्यान दिन नसकेको यो विषयमा भरतपुर महानगरले विशेष रुपमा ध्यान दिएर नेपालमा नै पहिलो पटक बालमन्दिर अटिजम विशेष विद्यालय भरतपुर महानगर १० मा स्थापना गरेको हो ।

    Advertisement

    भरतपुर महानगर प्रमुख रेनु दाहालको विशेष चाँसो र सक्रियतामा भरतपुर महानगरमा नेपालमा नै पहिलो पटक विशेष प्रकृतिको अपाङ्ग भएका बालबालिकाका लागि यस्तो विद्यालय सञ्चालन गरिएको हो । भरतपुरको बालमन्दिर विद्यालयमा अहिले यो विद्यालय स्थापना भएको छ ।

    साविकको बालमन्दिर स्कुललाई नारायणी नमुना माविमा गाभेर यहाँ अटिजम विशेष विद्यालय स्थापना गरिएको हो । विद्यालयको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्धघाटन र शुभारम्भ गरिन् । यहाँ अहिले १८ विद्यार्थी रहेका छन् । निकट दिनमा ४० पुग्ने अनुमान गरिएको छ । महानगरले यहि वर्ष यो विद्यालयको व्यवस्थापनका लागि १८ लाख रुपैयाँ खर्च  गर्ने योजना सहित विद्यालय सुधारका लागि कार्यक्रम पनि तयार गरेका महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए ।

    नेपालमा नै पहिलो पटक अटिजम विद्यालय सञ्चालन : महाशाखा प्रमुख महेन्द्र पौडेल
    भरतपुर महानगरमा नेपालमा नै पहिलो पटक विशेष अपाङ्ग भएका विद्यार्थीका लागि छुट्टै विद्यालय स्थापना गरिएको र शैक्षिक प्रशासन महासाखा प्रमुख महेन्द्र पौडेलको भनाई छ । अहिले यहाँ शौचालय, किचन, खाना पकाउने वा खानेपानीका लागि बालमैत्री धारा जडान रङ रोगन देखि अन्य शैक्षिक पुर्वाधार निर्माणका लागि तत्काल १८ लाख रुपैयाँ खर्च लाग्ने आफुहरुको अनुमान रहेको र आगामी दिनमा त्यहा सबै प्रवन्धहरु गरिने पौडेलको भनाई छ । यहाँ विद्यालय स्थापना पछि यसले यस्ता प्रकारका बालबालिका र तिनका अभिभावकहरुका लागि धेरै फाईदा पुग्ने पौडेलले बताए ।

    बालबालिकालाई विद्यालय नर्स राखेर विशेष सेवा दिन्छौ : मेयर दाहाल
    कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरले यहाँ विद्यालय सञ्चालन गरेर अटिजम भएका बालबालिकाको अभिभावक बनेको बताईन् ।
    यो विद्यालय महानगरको सामुदायीक विद्यालयका रुपमा सञ्चालन हुने र अरु विद्यालयलाई भन्दा यो बिद्यालयलाई महानगरले बिशेष रुपमा हेर्ने बताईन् । आफुहरु यो काममा देशकै प्रथम भएको र अरु धेरै कुरामा आफुहर प्रथम बनेको उनको भनाई थियो ।

    आफनो परिवारमा पनि डाउनसेन्डम भएका भान्जा रहेको र उनलाई आफुहरुले नै हुर्काएको बताउदै मेयर दाहालले यस्ता बालबालिकाको समस्या आफुले बुझेको बताउदै उनले यहाँ विद्यालय स्थापना गर्न पाँउदा आफु धेरै खुसि भएको बताईन् । उनले अव यसको भौतिक पुर्वाधार शैक्षिक विकास देखि अन्य सबै खाले सेवा प्रदान गर्ने र यहाँ नर्सको दरबन्दी पनि स्थापना गरि नर्सको व्यवस्था गर्ने पनि बताईन् । उनले यो विद्यालयलाई नमुना विद्यालय बनाउने प्रतिवद्धता जनाईन् ।

     

    हामि निरन्तर यो विद्यालयको विकासमा लाग्छौ : उपमेयर ठकुरी
    सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले अटिजम भएका बालबालिकाको पिडा आफनै बालबालिकाको पिडा जस्तै लाग्ने बताउदै यस्ता बालबालिकाको हितका लागि महानगर सदैव तयार रहेको र त्यसैको उदाहरण विद्यालय स्थापना भएको बताईन् । आफुहरु आगामी दिनमा यसलाई अझ विशेष विद्यालय बनाएर अगाडि बढ्ने उनको भनाई छ ।

    हामी ५ लाख सहयोग गर्छौ  ः समन्वय उपप्रमुख श्रेष्ठ
    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना कुमारी श्रेष्ठले यहाँ यो विद्यालय स्थापना हुदा यसले यस्ता बालबालिकाको शैक्षिक विकास र व्यक्तित्व विकासमा सहजता हुने बताइन् । यस्ता बालबालिकाका अभिभावकहरु पटक पटक जिल्ला समन्वय समितिमा समस्या समाधानका लागि सहजता प्रदान गर्न आईरहनु भएकोमा अहिले महानगरको पहलमा यहा विद्यालय स्थापना हँुदा आफु धेरै खुसि भएको बताईन् । उनले शौचालय निर्माणका लागि तत्काल समन्वय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन ।

    हामी धेरै खुसी छौँ : अभिभावक नेपाली

    बालबालिकामा अटिजम र एडिएचएस जस्ता समस्या कसरी हुन्छ ? आजसम्म पनि पत्ता लगाउन नसकेको हुँदा यस्ता बालबालिकाको उपचार पनि प्रभावकारी रुपमा गर्न नसकिएको र २४ सै घण्टा बाल बालिकाको साथमा अभिभावक रहनु पर्ने अवस्था रहेको अटिजम भएका बालबालिकाकी शिक्षिका प्रमिला नेपालीले बताईन् । यस्ता बालबालिका र तिनका अभिभावकले धेरै समस्या भोग्नु परेको भन्दै उनले महानगरले यस्तो विद्यालय स्थापना गरेर आँफुहरु र यस्ता बालबालिकाको हितमा धेरै महान र पुण्य काम गरेको उनको भनाई छ ।

    यस्ता लक्षण भएका बालबच्चा आफ्नै सुरमा रमाउने, मानव अन्तक्र्रियामा पटकै चाँसो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पु¥याउनु कहिले आक्रमक रूपमा प्रस्तुत हुने र कहिलेकाहिँ जबरजस्ती प्रतिकार गर्ने लक्षणहरु देखा पर्ने उनको भनाई छ । यस्ता बच्चाको प्रभावकारी उपचार अहिलेसम्म नभएपनि खानामा सुधार, केही थेरापी र व्यायाम अपनाउन सके केही सहज हुने मानिएको छ ।

    मेयर दाहालकै कारण महानगरवासि भन्न गौरव लाग्छ : प्रवक्ता भण्डारी
    कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारीले यस्ता बालबालिकाको हितमा महानगरले धेरै राम्रो काम गरेको बताए  । आफ्नो वडामा यस्तो विद्यालय स्थापना गरि अटिजम भएका बालबालिकाको सेवा गर्न पाउदा आफु धेरै खुसि भएको उनको भनाई छ ।  महानगर प्रमुख रेनु दाहालककै कारण अहिले महानगरवासिले हरेक कुरामा आफुलाई अब्बल बनाएर भरतपुर महानगरवासी हो भनेर  गौरव गर्नेे वातावरण बनेको उनको भनाई छ ।
    आफनो घर नजिकै विद्यालय रहेकाले आगामी दिनमा आफु जनप्रतिनिधि नहँुदा पनि छिमेकि विद्यालयको हिसावले आफुले यस्ता बालबालिकाको निरन्तर सेवा गरिरहने उनले बताए ।

    मेयर दाहालकै प्रयासमा सफल भयो योजना : भोजराज खतिवडा
    कार्यक्रममा भरतपुर महानगर प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले अहिले सुरुको चरणमा महानगरका बालबालिकाका लागि मात्रै लक्षित गरि स्थापना गरिएपनि पछि समग्र जिल्ला भरिकालाई सेवा दिने बताए । मेयर रेनु दाहालको विशेष चासो र सक्रियतामा स्थापना गरिएको यस विद्यालयमा थप  पुर्वाधार विकास संगै समग्र जिल्ला भरिका बालबालिकालाई यहाबाट सेवा दिने उनले बताए । महानगरले धेरै धेरै नमुना र राम्रो काम गरेको र यो काम पनि नेपालमा अहिले सम्म कहि नभएको नमुना काम भएको उनले दाबि गरे ।

    महानगर धेरै कुरामा अगाडि छ : प्रजिअ लामिछाने
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपालमा नै पहिलो पटक भरतपुर महानगरले यस्तो महान काम गरेकोमा आफुलाई धेरै खुसि लागेको बताए । अटिजम भएका बालबालिका र तिनका अभिभावकले भोग्नु परेको पिडा निकै दुखदायी रहेको आफुले देखेको र अब यहा यो विद्यालय स्थापना पछि यसले यस्ता विद्यार्थीको हितका लागि धेरै ठुलो सहयोग पुग्ने उनले बताए ।  प्रमुख जिल्ला अधिकारीको हिसावले आफुले गर्नुपर्ने सहयोग र समन्वय गर्न आफु सदैव तयार रहेको उनको भनाई छ ।   कार्यक्रममा नेपाल बाल संगठन चितवनका अध्यक्ष रबि किरण पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल बिच विद्यालय सञ्चालन सम्झौता समेत भएको थियो ।

    कसरी हुन्छ समस्या ?

    खाद्य र हिलिङ फुडको अवधारणा अनुसार खानामा हुने गडबढी प्रमुख कारण रहँदा शरीरलाई हानिकारक हुने जीवाणु वा केमिकल आन्द्रामा पुग्ने गर्छ ।
    उक्त समयमा एकातर्फ आन्द्रामा रहेका पाचन प्रक्रियामा सहयोग पु¥याउने जीवाणुहरूको नियमित कार्य प्रक्रियामा अवरोध हुँदा शरीरले उचित पोषण पाउन सक्दैन् । जसले गर्दा  बच्चा निष्क्रिय र बिरामी हुन थाल्दछ । त्यस्ले बिस्तारै बच्चामा समस्या पैदा भई अटिजम हुन सक्ने अनुमान गरिएको छ ।

    के के देखिन्छ बच्चामा समस्या

    १ शब्द र साङ्केतिक रूपमा इसारा गरेर समेत भावना आदान प्रदानमा समस्या देखिनु वा चुस्त नहुनु

    २) एकाघरका परिवारका सदस्य र हेरचाह गर्ने व्यक्तिहरूसँग समेत सामाजिक र भावनात्मक रूपमा संसर्गमा आउने, जिस्कने, खेल्ने आदि गर्न नसक्ने

    ३) एक्लै अरूलाई वास्तै नगरी कहिले कुनै एकै स्थानमा लामो समय एक्लै रहेर र कहिले जता मन लग्यो उतै दौडने आदि गरी एक्लै खेल्ने

    ४) आँखामा आँखा जुधाएर कुराकानी वा भावनात्मक आदान प्रदान नगर्ने
    ५) बोली ढिलो फुट्ने सामान्य बच्चाहरू बोलचाल गर्ने उमेर पुगेपछि वा समय घुर्की सक्दा पनि बोलचाल सुरू नगर्ने

    ६) बोलीचालीको भाषामा भनेको कुराको अर्थ सजिलै बुझी नहाल्ने । भनेको शब्द नबुज्ने वा बुझ्ने शक्ति विकास नभएको

    ७) छिटो छिटो बोल्ने लेख्ने त गर्ने तर के बोलेको हो वा लेखेको हो बुझ्न नसकिने ।

    ८) कान नसुन्ने बहिरो जस्तो व्यवहार देखाउने

    ९) अकारण वा सानो कुरामा पनि झट्टै झिँजो– झ्याउ मान्ने, उत्तेजित हुने, रिसाउने, संवेदनशील बनिदिने र अप्राकृतिक प्रतिक्रिया दिने आदि

    १०) दैनिक रूपमा सानो सानो कुरामा, आफूले चाहेजस्तो नहुँदा तुरुन्तै निराश र बेखुसी बन्ने आफ्नै बाआमाको समेत सहयोग नमाग्ने र नलिने

    ११) अलिबढीनै चञ्चल, नतिजा के होला भन्ने वास्तानै नगरी बिनासोच विचार वा अत्यन्त कम सोच विचारमा आफूले देखेको वा चाहेको काम गरिहाल्ने

    १२) सामान्य शारीरिक गतिविधिभन्दा फरक आफ्नै शरीरलाई नै आघात हुन पनि सक्ने गरी हात बटार्ने, पन्जाहरू तलमाथि गर्ने, थपडी मार्ने, हल्लाउने, टाउकोले भित्तामा ठोक्ने, खुट्टाको औंलाले मात्र हिँड्ने जस्ता गतिविधि देखाउने।

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.