काठमाडौं । शनिबार देशभर सामान्य देखि पूर्ण बदली रही देशका विभिन्न स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहेको देखिन्छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । यस्तै आइतबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ।
