काठमाडौं – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी नगरपालिका–१, खोलागाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको धारिलो हतियारको प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
मंगलबार उक्त परिवारलाई मृत अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
मृत फेला पर्नेमा ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सूचना पाएपछि प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको बताइएको छ ।
