काठमाडौँ – नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार बग्गी प्रदर्शन गरिएको छ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहारमा दिएको बग्गीलाई सोमबार प्रदर्शनीको औपचारिक शुभारम्भ गरिएको हो।
अब सुवर्ण बग्गी सार्वसाधारणले पनि हेर्न पाउने भएका छन् । पहिलो पटक २०१६ सालमा नेपाल भ्रमणमा आएकी एलिजाबेथले महेन्द्रलाई उपहार स्वरुप बग्गी दिएकी थिइन् ।
यो बग्गी वीरेन्द्रको राज्याभिषेकका बेला पहिलो पटक प्रयोगमा ल्याइएको थियो । यसअघि गएको वर्ष पनि हिटलरले राजा त्रिभुवनलाई उपहारमा दिएको कारलाई प्रदर्शनीमा राखिएको थियो ।
