काठमाडौं – प्रमुख प्रतिक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक अहिले नयाँबानेश्वरमा जारी छ । बैठकमा वामदेव गौतमकी पत्नी तुलसा थापामगर पनि देखिएकी छिन् ।
पार्टी परित्याग गरेर हिँडेका वामदेवकी पत्नी तुलसा नेकपा एमालेको बैठकमा उपस्थित भएकी हुन् । संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज बुधबार अपराह्न सुरु हुने भएपछि एमालेको बैठक सुरु भएको हो ।
आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ ।
