नेपाली चर्चित नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । ऋचाले आज राति अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएको हो । ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टि गरेको थियो ।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले ऋचा शर्माले छोरालाई जन्म दिएको जानकारी दिए । जस्का कारण ऋचालाई सामाजिक सञ्जालमा बधाइ दिनेको ओहिरो लागेको छ । सहित ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।
ऋचाको गत वर्षा दिपेक्षविक्रम राणासँग विवाह भएको थियो । अहिले दिपेक्षविक्रम राणाले उनिहरुको छोरा लिएको तस्विर समेत सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।
