काठमाडौँ – आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुबीच भएको छलफल विना निष्कर्ष टुंगियो ।
नेताहरुबीच मन्त्रिपरिषद् विस्तारबारे ठोस सहमति जुट्न सकेन । बैठकमा एक दुई दिनमा पुन छलफल गरेर टुंगाउने नेताहरुले सहमती गरेका छन् ।
सरकार गठन भएको दुई महिना पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् । लामोसमयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ ।
यस्तै बैठकमा संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने लगायतका विषयमा पनि छलफल भएको छ ।
