• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै, नेपालमा सतर्कता


  •   सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
  • काठमाडौं,भदौ २८ गते । भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको थियो ।

    Advertisement

    नेपालमा पनि यसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अघि बढाएको जनाएको छ । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सबै अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

    नेपालमा जोखिम कति ?
    तुलनात्मक रुपमा कुनै रोग भारतमा फैलन सुरु भए पश्चात नै नेपालमा त्यो रोगको जोखिम रहेको बताइन्छ । पछिल्लो साता भारतमा निपाह भाइरसको संक्रमण फैंलदै जान थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जोखिमबारे सचेत गराएको हो । स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो भाइरस अहिलेसम्म नेपालमा देखा नपरेको भए पनि सतर्कता आवश्यक रहेको बताउनुभयो । यो रोग विशेषगरी चमेरा र बङ्गुरबाट सर्ने भएकाले भारतबाट चमेराहरु बसाई सरी आउन सक्ने भएकाले नेपालमा यसको जोखिम रहेको अधिकारीको भनाइ छ । यस्तै संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौको नारायणहिटी दरबार छेउछाउमै अत्याधिक चमेराहरुको बसोबास रहेकाले पनि यसको जोखिम बढी रहेको बताउनुभयो । “हाम्रो समुदायमा कतिपय व्यक्तिहरुले फलफूलहरु नधोई खाने र बङ्गुरको व्यवसायिक पालन नै गर्ने देखिएकाले पनि यस्को जोखिम बढी छ” उहाँले भन्नुभयो ।
    कसरी भयो भाइरसको सुरुवात ?
    सन् १९९९ मा पहिलो पटक मलेसियामा बङ्गुरमा यो भाइरस फेला परेको हो । जनावरबाट मानिसमा सर्ने भएकाले यो भाइरसलाई जिनोटिक भाइरस भनिन्छ । त्यसयता अहिलेसम्म यो भाइरस मलेसियामा देखापरेको छैन । यो भाइरस सन् २००१ मा बङ्गलादेशमा देखापरेको थियो । त्यसयता यसले व्यापक रुप लिन थाल्यो । पछि पूर्वी भारतमा पनि देखा पर्न थाल्यो । घाना, कम्बोडिया, ईन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाईल्यान्डमा पनि यो भाइरस देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    कति संक्रामक छ निपाह ?
    संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनकाअनुसार निपाह भाइरस ज्यादै संक्रामक छ । उहाँकाअनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ । यो भाइरसले आक्रमण गरेमध्येका ७५ प्रतिशत मानिसको मृत्यु हुनसक्ने उहाँको दावि छ । १० जना व्यक्तिमा यो भाइरसको संक्रमण भयो भने ७ जनाको मृत्यु हुनसक्ने उहाँले बताउनुभयो ।

    कसरी बच्ने ?
    डा. पुनकाअनुसार यो संक्रमणविरुद्ध अहिलेसम्म कुनै औषधि र खोप पत्ता नलागेकाले सरसरफाई र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक रहेको छ । “भारत र बङ्गलादेशजस्ता बाहिरी देशका जङ्गलमा गएर नरिवल, अन्य फलफूल खाने गरेका कारण यी देशहरुमा चमेराको दिसा र पिसावबाट सरेको देखिन्छ, यसकारण हामीले फलफूलहरु राम्रोसँग पखालेर खानुपर्छ,” उहाँले भन्नुभयो । रोग पहिचान भएका स्थान र चमेरोबाट टाढै रहनु पर्ने उहाँको सुझाव छ ।

    निपाह भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई कन्ट्राक्ट ट्रेसिङ गरेर परिक्षण गर्नुपर्ने डा.पुनको भनाई छ । यस्तै घरपालुवा जनावरहरुलाई रुघाखोकि लागेको भए भेट्नरी डाक्टरहरुमार्फत स्वाव सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन उहाँको आग्रह छ ।

    सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.