काठमाडौं – गए राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी बराबरीमा रोकिएको छ ।
लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे एकैपटक मैदानमा उत्रिएको उक्त खेल निकै रोमान्चक बनेको थियो । उक्त खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकियो ।
खेलमा पीएसजीका लागि एन्डर हेरेराले गोल गरे भने क्लब ब्रुगका लागि हान्स भानाकेनले गोल गरे । खेलको १५औं मिनेटमा एन्डर हेरेराको गोलरी पीएसजीलाई अग्रता दिलाए ।
त्यसपछि खेलको २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गरी टिमलाई बराबरीमा पुर्याए । बराबरीसागै पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् ।
