• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

परिमार्जन गरिँदै विद्युत् महसुल


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • सरकारले नयाँ विद्युत् महसुल प्रस्तावमा गार्हस्थ्य उपभोक्तालाई केही सस्तो दर प्रस्ताव गरेको छ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेलगत्तै गार्हस्थ्य विद्युत् सस्तो बनाएर खपत बढाउने नीति अख्तियार गरेअनुरूप नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा नयाँ दर प्रस्ताव गरेको हो ।
    नयाँ महसुलबारे सार्वजनिक सुनुवाइ गर्न आयोगले सार्वजनिक गरेको दर रेटअनुसार पाँच एम्पायर क्षमतामा २० युनिटसम्म खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क नलाग्नेदेखि समग्रमा प्रतियुनिट अधिकतम शुल्क एक रुपियाँ घटाएर ११ रुपियाँ बनाउन लागिएको छ ।
    हाल कार्यान्वयनमा रहेको महसुल दर पाँच एम्पियरअनुसार न्यूनतम १० युनिट खपतमा निःशुल्क थियो । प्रस्तावित नयाँ दरमा यही समूहमा २० युनिटसम्मलाई निःशुल्क गर्ने उल्लेख छ । यस्ता ग्राहकलाई न्यूनतम शुल्क मासिक ३० रुपियाँ भने लाग्ने नै छ । यस्तो छुट १५, ३० तथा ६० एम्पियर जडान गरेका ग्राहकलाई भने नदिइने भएको छ । इनर्जी शुल्क पनि १५ एम्पियरका लागि प्रतियुनिट चार रुपियाँ, ३० का लागि पाँच रुपियाँ र ६० का लागि छ रुपियाँ प्रतियुनिट यथावत् गरिएको छ ।
    नयाँ दरमा सबै एम्पियर क्षमतामा २५१ युनिटदेखिको खपतमा ११ रुपियाँ प्रतियुनिट गराउन खोजिएको छ । हाल चार सय युनिटभन्दा माथिका लागि १२ रुपियाँ छ तर यो खपत समूहमा न्यूनतम शुल्क भने २५ रुपियाँ बढाइएको छ ।
    यसअनुसार मूल्य कम भएको लाभ प्राप्त गर्न खपत कम्तीमा पनि २५ युनिटभन्दा बढी हुनुपर्ने देखिएको छ । पाँच एम्पियरका ग्राहकलाई १५१ देखि २५० सम्मको खपतमा पनि प्रतियुनिट ५० पैसा घटाएर नौ रुपियाँ ५० पैसा प्रस्ताव गरिएको छ ।

    Advertisement

    सिँचाइमा सहुलियत
    प्रस्तावित दरमा सिँचाइको प्रयोगतर्पm भने उल्लेख्य छुट दिन खोजिएको छ । हाल डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्क चार रुपियाँ ३० पैसा लाग्दै गरेकामा दुई रुपियाँ २५ पैसा प्रस्ताव गरिएको छ । ४०० भोल्टभन्दा माथिको विद्युत्मा दुई रुपियाँ ५० पैसा छ । टीओडीतर्पmका सिँचाइ प्रयोजनमा पनि औसत करिब ५० प्रतिशत कम गराउन खोजिएको छ ।
    विद्युत् बढी उत्पादन हुने वैशाखदेखि मङ्सिरसम्म रातको समयमा प्रयोग गर्दा भने अत्यधिक छुट दिएर प्रतियुनिट दुई रुपियाँ कायम गर्न लागिएको छ । पुसदेखि चैतसम्म भने प्रतियुनिट तीन रुपियाँ हुनेछ । हाल यो शुल्क चार रुपियाँ ७० पैसा छ । आयोगले प्रस्तावित महसुलमा आमजनताको राय लिने गरी असोज १४ गते भर्चुअल माध्यमबाट सार्वजनिक सुनुवाइ गर्ने जनाएको छ ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.