काठमाडौं – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता असोज ९ गतेबाट शुरु हुँदैछ । प्रतियोगितामा भाग लिने टिमहरुले धमाधम विदेशी खेलाडीलाई अनुबन्ध गरिरहेका छन् । यस्तै यस प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले पनि खेल्ने भएका छन् ।
उनीहरुले पोखरा राइनोजबाट खेल्ने बताइएको छ । पोखरा राइनोजले आफ्नो टिममा लेभी र विलियम्सलाई अनुबन्धन गरिएको जनाएको छ । चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
उक्त प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने भएका छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स रहेका छन् ।
