• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

निर्णायक प्रदीप भट्टराई भन्छन्- कमेडी च्याम्पियनले आफैंमाथि गरिएको मजाक पचाउन सिकायो


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • ‘कमेडी च्याम्पियनको निर्णायकमा म किन?’

    Advertisement

    कमेडी च्याम्पियनमा जोडिने प्रस्ताव आउँदा निर्देशक प्रदीप भट्टराईले आफैंलाई यो प्रश्न सोधेका थिए। यही प्रश्न उनले आफूसँग प्रस्ताव राखेका कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई समेत सोधे।

    यो २०७६ साल वैशाखतिरको कुरा हो।

    अढाइ वर्षमा कमेडी च्याम्पियनको दुई सिजन समाप्त भएको छ। प्रदीप भट्टराई यो रियालिटी सोका हँसिला–रसिला निर्णायकका रूपमा परिचित भइसके।

    ३८ वर्षीय प्रदीपले जिन्दगीको करिब आधा उमेर हाँस्यव्यंग्य विधाका पाठशाला मानिने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संगतमा काम गरेर बिताएका छन्। मह जोडीसँग ‘टिकेको तीन मन्त्र’ टेलिशृंखलाबाट जोडिएका उनले मह-सञ्चारका ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’, ‘जलपरी’, ‘लेफ्ट राइट लेफ्ट’ लगायत दर्जन टेलिशृंखलामा मुख्य सहायक निर्देशकदेखि लेखकका रूपमा काम गरिसके। अझै पनि उनी सोही संगतमा छन्।

    प्रदीपले निर्देशन गरेका तीनवटै फिचर फिल्म हाँस्यप्रधान छन्। उनको ‘जात्रा’ र त्यसको सिक्वल ‘जात्रै जात्रा’ युवा पुस्ताले विशेष रूचाएका फिल्म हुन्।

    उनको लामो अनुभव र विशेषता नै विशालले कमेडी च्याम्पियनका लागि प्रस्ताव राख्ने मुख्य आधार थियो। विशालले प्रदीपलाई सरसर्ती यिनै कारणले आफूले निर्णायक बन्न अनुरोध गरेको बताए।

    प्रदीप सम्झिन्छन्, ‘उहाँले योग्य ठाने पनि मैले आफैंलाई त्यो कामका लागि मनाउनु पर्‍यो। म सोच-विचार गरेर काम गर्ने स्वभावको मान्छे। सोझै विशालजीको प्रस्ताव स्विकार्न सकिनँ।’

    चार-पाँच चरणको छलफलपछि बल्ल विशाल प्रदीपलाई मनाउन सफल भए।

    ‘त्यतिबेला गरेको आनाकानी सम्झिँदा विशालजीलाई अलि बढी नै दुःख दिएछु भन्ने लाग्छ,’ प्रदीपले भने।

    उनले विशालका कुरा सहजै स्विकार्न नसक्नुमा मुख्य दुई कारण थिए।

    पहिलो, उनलाई कमेडी च्याम्पियनका बाँकी तीन निर्णायक सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्माजस्ता स्थापित कलाकारसँग एउटै लहरमा बस्न धक लागेको थियो।

    अर्को, स्ट्यान्ड-अप कमेडी आफैंमा नयाँ रियालिटी सो थियो।

    प्रदीपले विशालसँग सर्त राखे, ‘स्टेज, लाइट र अन्य पक्षभन्दा कन्टेन्ट राम्रो चाहिन्छ। त्यसका लागि टिम बलियो हुनुपर्छ।’

    विशालको प्रस्तावले हच्काएको मात्र भए सायद प्रदीप कमेडी च्याम्पियनमा जोडिने थिएनन्। तर उनलाई त्यो प्रस्तावले लोभ्याएको समेत थियो।

    ‘सानो पर्दा होस् वा ठूलो, म पनि यही क्षेत्रको मान्छे। कलाकार र कन्टेन्ट सिर्जना गर्ने मान्छे चाहिन्छ। त्यो प्रस्तावलाई पनि आफूले गर्दै आएको कामकै रूपमा लिएँ,’ उनले भने।

    निर्णायकको कुर्सीमा बसेर हाँस्न पाइने, अरूलाई हँसाउने कलाकार जन्माउन पाइने र हाँसी-हाँसी पैसा पनि पाइने भएपछि उनले नाइँ कसरी भन्नू!

    प्रदीपले अर्को कारण पनि थपे, ‘आफूमाथि शंका गरे पनि मलाई कसैले विश्वास गरेको अवस्था थियो। अरूले विश्वास गरिसकेपछि आफूले आफैंमाथि शंका गर्न हुन्न भन्ने लाग्यो।’

    कमेडी च्याम्पियन नेपालभित्रकै रियालिटी सो हुनु पनि आफू यसमा जोडिने प्रमुख कारण भएको प्रदीपको भनाइ छ।

    सुरूमा कमेडी च्याम्पियनमा जोडिने कुराले उनलाई सताएको थियो। जोडिइसकेपछि अर्को चिन्ताले पिरोल्न थाल्यो। निर्णायकको कुर्सीमा बस्दैमा प्रदीपको काम सकिने थिएन। उनले हरेक प्रस्तुति हेरेर आफ्नो मत राख्नुपर्थ्यो। त्यो मतले सहभागी र दर्शकमा समेत प्रभाव पार्नुपर्थ्यो।

    प्रदीप अरूलाई अभिनय गराए पनि आफू क्यामराअगाडि आउन लजाउने स्वभावका मान्छे थिए। त्योभन्दा ठूलो डर आफू निर्णायकको कुर्सीमा बस्नुको औचित्य पुष्टि गर्नुपर्ने थियो।

    ‘तीनै जना मैले मन पराएका र सम्मान गर्ने निर्णायक हुनुहुन्थ्यो। उहाँहरूले बोल्दा विचार पोखेजस्तो सुनिन्थ्यो। मलाई आफूले बोलेका कुरा विचार नभएर शब्द मात्र लाग्थ्यो। मेरो बोलीमा विचार पनि झल्किनु पर्ने हुन्थ्यो,’ उनले भने।

    कमेडी च्याम्पियनका निर्णायकहरू- सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई। तस्बिर सौजन्यः प्रदीप भट्टराई
    सुरूमा उनलाई यस्तै कुराको दबाबले थिच्यो। अरूभन्दा फरक पहिचान कसरी देखाउने भनेर उनी निकै घोत्लिन्थे।

    ‘एक-दुई भागको अनुभवपछि मैले निर्णायकको कुर्सीमा बसेर के बोल्ने र कसरी बोल्दा ठीक हुन्छ भन्ने कुरा बुझेँ,’ उनले भने, ‘अनि त्यही अनुसार बोल्ने अभ्यास गरेँ।’

    प्रदीपले बिस्तारै राम्रो बोल्छु भनेर गरेको अभ्यासले काम गर्न थाल्यो। कमेडी च्याम्पियनका नियमित दर्शकमाझ उनले सकारात्मक र सन्तुलित टिप्पणी गर्ने निर्णायकको छवि बनाएका छन्। प्रतियोगिताका कुनै पनि सहभागीलाई ठाडो आलोचना गरेनन् उनले। सांकेतिक र घुमाउरो पारामा सुझाव भने दिइरहे।

    ‘निर्णायक भएपछि सहभागीका कमजोरीबारे खुलेर टिप्पणी गर्नुपर्ने होइन र? तपाईं कुटनीतिक बन्नुभएको हो?’

    हाम्रो यो प्रश्नको जवाफ उनले सोझै ‘होइन’ भनेर दिए। हाँस्दै थपे, ‘म पहिल्यैदेखि सार्वजनिक रूपमा कसैलाई नराम्रो नभन्ने मान्छे। रियालिटी सोको निर्णायक कुर्सीमा बसेर आफूलाई अप्राकृतिक देखाउन मिलेन।’

    उनी कसैसँग असन्तुष्टि पोख्नु परे बरू प्रत्यक्ष भन्छन्। विकल्पमा फोन वा म्यासेजलाई माध्यम बनाउँछन्।

    ‘मास मिडियामा तिमीले यो नराम्रो गर्‍यौ भन्ने खालको स्वभाव मेरो होइन। कमेडी च्याम्पियनमा अनस्क्रिन आलोचनात्मक नदेखिए पनि जजको धर्मअनुसार सहभागीहरूलाई अफस्क्रिन सबभन्दा धेरै गाली गर्ने मै हुँ,’ उनले भने।

    सार्वजनिक रूपमा आउने प्रदीपका प्रतिक्रिया सुनेर कतिले आलोचना गर्न नजान्ने निर्णायकसमेत ठाने होलान्। कतिले उनको यो शैली देखेर आदर्शवादी पनि भने कि!

    प्रदीप भन्छन्, ‘मैले नजानेर आलोचना नगर्ने होइन, नचाहेर हो। सार्वजनिक रूपमा सकेसम्म गाली नगरी कसरी सकारात्मक सुझाव दिने भन्ने मेरो सोच हो। मैले दुवै सिजनमा यही सोचको अभ्यास गरेँ।’

    आदर्श व्यवहारमा उतार्न सके बिस्तारै स्विकार्य हुँदै जान्छ भन्नेमा विश्वास राख्छन् उनी। कसैलाई आलोचना नगरी सकारात्मक सुझाव दिने आफ्नो अभ्यास पनि स्विकार्य बन्दै गएको उनको दाबी छ।

    कमेडी च्याम्पियनका जति धेरै भाग प्रसारण हुँदै गए, प्रदीपलाई उति नै आफ्नो उपस्थिति अर्थपूर्ण लाग्दै गयो।

    युट्युब कमेन्टमा पनि कयौंले ‘रमाइलो सिनेमा बनाएजस्तै मीठो कुरा गर्न जान्ने मान्छे’ भन्न थाले। उनको आत्मविश्वास बढ्न थाल्यो।

    ‘तपाईं हामीलाई चाहिने मान्छे हो’ भन्दै प्रदीपले धेरै सहभागीको हौसला बढाए। याे रियालिटी सोमा प्रदीपको यो भनाइ थेगो बन्यो।

    अचेल उनलाई धेरैले भन्न थालेका छन्, ‘तपाईं हामीलाई चाहिने मान्छे हो।’

    प्रदीपका अनुसार चारै निर्णायकको काम कार्यक्रम स्तरीय बनाउन प्रस्तोतादेखि, मेन्टर र निर्मातालाई समेत सुझाव दिनु हो। नयाँ भएकाले पहिलो सिजनमा उनी व्यक्तिगत रूपमा निकै सक्रिय थिए। सबै सहभागीले प्रस्तुत गर्ने विषय चयन, स्क्रिप्टदेखि सहभागीको मनोबल बढाउनेसम्मका काममा संलग्न भएर मेन्टरको भूमिका निर्वाह गरे।

    दोस्रो सिजनमा पहिलाको मेहनतले जग हालिसकेको थियो। दोस्रो सिजनका सहभागी पनि राम्रै तयारी गरेर आएका थिए। क्रिएटिभ र मेन्टरको टिम पनि बनिसकेको थियो। त्यसैले दोस्रो सिजनमा निर्णायकको भूमिकामा केन्द्रित हुन पाएको उनी बताउँछन्।

    रियालिटी सोमा जोडिएर नयाँ प्रतिभालाई सिकाउने र सघाउने अवसरलाई प्रदीप काँचो अन्नसँग दाँज्छन्। भने, ‘काँचो अन्न त्यसै राख्दा कुहिन्छ। लामो समय टिकाउन घाममा सुकाएर भण्डारमा राख्नु पर्छ। रियालिटी सोका सहभागी पनि सुरूमा काँचा अन्नजस्तै हुन्।’

    ती सहभागी आफ्नो आँखाअगाडि क्रमशः खारिँदै–निखारिँदै गएको देखेर उनी मख्ख छन्।

    उनका अनुसार स्क्रिप्टेड र सामान्य छाँटकाँट भए पनि रियालिटी सोहरूमा गरिने प्रस्तुति वास्तविक हुन्छन्। कल्पना नभएर यथार्थको एकदमै नजिक हुन्छन्।

    रियालिटी सो लुकेका प्रतिभालाई चर्चामा ल्याउने मञ्च हो। अवसर र पहुँचबाट टाढा रहेकालाई यसले आफ्नो क्षमता आफैंले चिन्ने र अरूसमक्ष पुर्‍याउने आधार दिन्छ। विदेशमा पुरानो भइसके पनि नेपालमा रियालिटी सो भर्खरै लोकप्रिय हुँदैछन्। कमेडी च्याम्पियनमार्फत् पनि यस्ता धेरै नवप्रतिभाले नाम र दामसमेत कमाउने अवसर पाइरहेका छन्।

    प्रदीपको शब्दमा यहाँ आउनेहरू भुइँमान्छे हुन् जोमध्ये केही सेलेब्रेटी बनिसकेका छन्। दर्शकले हेर्दाहेर्दै उनीहरू लाखौंमा फैलिन्छन्। उनीहरूका दोष घट्दै जान्छ र जेमा सम्भावना छ, त्यसमा पोख्त हुँदै आउँछन्। प्रतियोगीका संघर्ष र सफलता पछ्याउने दर्शक पनि यसमा जोडिँदै जान्छन्। सुरूमा सामान्य लाग्ने कलाकारले हेर्दाहेर्दै पाउने ठूलो उपलब्धिले धेरैलाई लोभ्याउँछ। आनन्द र उत्प्रेरणा दिन्छ।

    कमेडी च्याम्पियन हेर्ने दर्शक पनि रियालिटी सोको यही विशेषताका कारण जोडिएका उनी बताउँछन्। उनले भने, ‘कमेडी च्याम्पियन र यस्तै अरू रियालिटी सो हाल लोकप्रिय हुनुका कारण यिनै हुन्।’

    दर्शकको यस्तो मनोविज्ञान बुझेका प्रदीप यो कुरा आफूलाई पनि नयाँ पाठ भएको बताउँछन्। यथार्थ देखाउने कुरा मनोरञ्जनसँग मात्र जोडिएको छैन। यो नयाँ समयको विचार पनि हो। यसले नयाँ पुस्ताले हाँस्य विधामा चयन गर्ने विषय र प्रस्तुतिलाई पनि प्रभाव पारेको उनको मत छ।

    कमेडी च्याम्पियनको सेटमा प्रदीप भट्टराई। तस्बिर सौजन्यः प्रदीप भट्टराई
    ‘पुरानो पुस्ताका मानिस र कलाकार समाजमा धेरै कुरा गडबड भए पनि मिलाएर बुझ्नु भन्ने शिक्षाबाट हुर्केका थिए,’ उनले भने, ‘त्यो भद्रगोल समाजलाई पनि सभ्य भएर हेर्नु भन्ने आग्रह थियो।’

    त्यसैले पहिलाका कलामा सामाजिक विसंगतिका कुरा घुमाउरो शैलीमा आउँथे। तर नयाँ पुस्ता आक्रामक छ। उनीहरू कुन विषयमा बोल्न हुने वा नहुने भनेर सेन्सर गर्न मन पराउँदैनन्। गलतलाई गलत भन्न सक्ने साहस राख्छन्।

    हाँस्य-व्यंग्य विधाको नयाँ र पुराना पुस्तासँग संगत गरेका प्रदीप भन्छन्, ‘यहाँ आएर मलाई लाग्न थालेको छ, हामी पनि गलत छौं है। ढाकछोप गरेर समाधान हुँदैन। नराम्रो कुरा गरेर नै विकृति हट्ने हो।’

    नयाँ पुस्ताप्रति आशावादी प्रदीप स्ट्यान्ड-अप कमेडी र कमेडी च्याम्पियनका सीमाबारे पनि सचेत छन्।

    भन्छन्, ‘स्ट्यान्ड-अप कमेडी नयाँ छ। स्टेजमा एकल प्रस्तुतिमार्फत् हँसाउने चुनौती छ। हामीकहाँ विकृतिमाथि प्रहार गर्ने विषयले भन्दा व्यक्तिगत घोचपेच गर्ने, उडाउने, रोस्ट बनाएर छिट्टै चर्चा पाउने कुराप्रति आकर्षण देखिएको छ। यो चाहिँ कम हुनु पर्छ।’

    कमेडी च्याम्पियन परिवारले सँगै बसेर हाँस्ने भनेर परिकल्पना गरिएको कार्यक्रम हो। तर प्रदीपलाई यसमा सहभागी कयौंले जति सम्झाए पनि १८ वर्ष बढी उमेरलाई मात्र मिल्ने विषयप्रतिको झुकावले पनि चिन्तित बनाएको छ।

    ‘हामीले केही प्रतियोगीलाई सबैले पचाउने कलाकार बनाउने प्रयास गरेका छौं। तै पनि छिटपुट कमजोरी देखियो,’ उनले आफ्नै शैलीमा भने, ‘भोलिका दिनमा कस्तो विषयवस्तु प्रस्तुत गर्ने, उहाँहरूकै हातमा छ। सस्तो मनोरञ्जन मात्र दिने कि विशिष्ट कलाका रूपमा हाँस्य-व्यंग्य विधा अपनाउने, रोजाइ उहाँहरूकै।’

    अरूका कमजोरीबारे चर्चा गरेका प्रदीपले आफ्नै कमजोरी पनि सुनाउन छुटाएनन्। उनलाई सोमा जोडिनुअघि सार्वजनिक रूपमा कसैले मजाकमा उडाएको अनुभव थिएन। तर दुवै सिजनमा प्रतियोगीले धेरैपटक प्रदीपलाई ‘रोस्ट’ हाने।

    कहिले उनको बोली, कहिले टिप्पणी गर्ने तरिकाको क्यारिकेचरदेखि उनले चलाउने मोटरसाइकलसम्मको मजाक बनाइयो।

    ‘अरूको नराम्रो कमजोरी सुनेर हाँस्न त रमाइलै हुन्छ। तर जब आफूलाई रोस्ट हान्थे, चित्त पनि दुख्थ्यो,’ हाँस्दै भने, ‘केही निजी कुरा जोड्दा नराम्रो त लाग्छ। तर यो मञ्चमा आएर मैले आफ्नाबारे हुने आलोचना हाँसी हाँसी पचाउन सिकेँ।’

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.