काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रचण्डले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लार्य भोलिसम्म पूर्णता दिने बताएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।
प्रवक्ता महराले भने – ‘अहिले पाँच दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ । मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ’
प्रचण्डको भनाई उद्धृत गर्दै प्रवक्ता महराले भने – ‘दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ।’
