काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारले ७५ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताएका छन् । बिहिबार वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई व्यंग्य गर्दै अबको १४ महिनामा सरकारलाई पुर्णता दिएमा आफुले धन्यवाद दिने बताए ।
उनले भने – ‘अब यो १४ महिनाभित्र मन्त्री बनाइसक्यो भने धन्यवाद छ सरकारलाई । एउटा काम त गर्यो ।’ यस्तै ओलीले आफुहरुको उद्देश्य देशबाट गरिब हटाउने भएको बताए ।
आफ्नो सरकारले जताँततै विकासका कामहरु गरेकाले आफुहरुले बनाएको घरमा प्रधानमन्त्री देउवा सर्दै गरेको बताए । उनले भने – ‘मलाई खुसी लाग्छ, हामीले बनाइदिएको घरमा उहाँले उद्घाटन गर्नु हुनेछ, रिबन काट्नु हुनेछ’
