काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा. वेदुराम भुषालले नेकपा माओवादी केन्द्रसँग एकता गर्न नसकिने बताएका छन् । शुक्रबार बिहान एक कार्यक्रममा भुषालले सो कुरा बताएका हुन् ।
उनले संविधान र लोकतन्त्रको रक्षाको लागि बनाएको गठबन्धन आगामी चुनावसम्म रहने पनि बताए । उनले नेकपा एमालेले नीति र विचारको हिसाबले गलत बाटो राजेकोले आफुहरुले विद्रोह गरेको बताए ।
उनले एमाले र एकीकृत समाजवादी पार्टिमा धेरै फरक रहेको भन्दै भुषालले एमाले आफुहरुले नफुटाएको बताए । उनले आफ्नो पार्टी समाजवादी क्रान्तिको दिशामा अघि बढेको पनि बताए ।
