चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना बिरुद्ध १८ वर्ष भन्दा मुनिका बालबालिका लागि मोडोनार र फाइजर नामक खोप दशैं सम्म आउने बताउनुभयो । आज (शुक्रबार )भरतपुर बिमानस्थलमा पत्रकार सगँ कुराकानीमा बालबालिका लागि आवश्यक मोडोनारा र फाइजर खोप सुनिश्चित भईसकेको भन्दै उहाँले एक लाख मोडोनार खोप ट्रायलको रुपमा दशैं सम्म आउने , फाइजर खोप ल्याउने प्रकृया समेत अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।
उहाँले सरकारले कात्तिक महिना भित्र ३३ प्रतिशत जनताले पूर्ण खोप पाउने बताउनुभयो । पहाडी जिल्लाहरुलाई पूर्ण खोप बनाउने गरि अहिले कार्यक्रम संचालन भई रहेको उहाँको भनाई थियो । उहाँले ४५ वर्ष माथिका र १८ वर्ष माथिका विद्यार्थीले खोप लगाई सकेको समेत बताउनुभयो । चितवनमा रहेका दुई प्रमुख अस्पतालको कुरा जोड्दै उहाँले भरतपुरको सरकारी अस्पताल र क्यान्सर अस्पताल राष्ट्रिय स्तरको अस्पताल रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय अस्पताल निकै खस्किदै गुनासो आएको हुनाले दुबै अस्पतालको बिकास र गुणस्तरीय सेवाका लागि छलफल गरेर बिषेश किसिमका कार्यक्रमहरु ल्याउन सरकार लागेको बताउनुभयो । भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिहरु संग छलफल गरि अल्पकालिन र दिर्घकालिन योजना वनाउन मन्त्रालय लागेको उहाँले जानकारी दिनुभयो ।
फरक विषय लाई जोड्दै उहाँले सरकारले छिटै पुर्णता पाउनेमा आफू निर्धक्क रहेको जानकारी दिनुभयो । उहाँले सरकारमा सामान्य कुराले विवाद भएको अब छिटै अन्तय भएर सरकारले आफ्नो कार्यमा लाग्ने बताउनुभयो ।
