यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
तपाईको प्रतिक्रिया
चितवन । आईतबार देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको देखिन्छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
आश्विन १०, २०७८ आइतवार ०६:५७:१३ बजे : प्रकाशित